देशलाई भ्रष्टाचार मुक्त बनाउनुपर्छ : नेता कोइराला « Khabarhub

देशलाई भ्रष्टाचार मुक्त बनाउनुपर्छ : नेता कोइराला


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा देखिएको भ्रष्टाचारलाई हटाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको जिल्ला सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता कोइरालाले नेपाली नागरिकमा देखिएको निराशापनले देशको आर्थिक, समाजिक पक्षलाई सुधार गर्न सङ्केत गरेको बताए।

उनले भने, ‘देशलाई भ्रष्टाचारमुक्त बनाउन पाए मात्र देश विकासको गतिमा जान्छ । कृषि प्रधान देश भन्छौँ तर किसानकै लागि ठूलाठूला समस्या छन् । देशमा देखिएको भ्रष्टाचारले आमनगरिकको अनुहारमा खुसी छैन ।’ देशमा भ्रष्टाचार छ भन्छौँ तर कहाँ छ ? भन्ने कुरामा पुग्न नसकेकोे नेता डा कोइरालाको भनाइ छ । नेता कोइरालाले भने– ‘स्थानीय तह आएपछि वडा र पालिकाबाट मात्रै भ्रष्टाचार भएकोे भनेका छौँ । सङ्घीयता हटाउनका लागि तलबाट भ्रष्टाचार भएको धेरैले भनेका छन् । तर भ्रष्टाचार त केन्द्रदेखि नै रहेको छ ।’

सङ्घीयता विरोधीले मात्र स्थानीय तहमा भ्रष्टाचार भयो भनेर हल्ला फिँजाएको उनले बताए । ठूलो–ठूलो भ्रष्टाचार केन्द्रबाटै रहेको उनको भनाइ छ । सङ्घीयता आयो तर अधिकार विहीन सङ्घीयताले देशमा परिवर्तन हुन नसकेको कोइरालाको भनाई छ । सबै अधिकार केन्द्रमै सीमित गरेर कसरी सङ्घीयताको अनुभुति हुन्छ ? भनी प्रश्न गर्दै नेता कोइरालाले अधिकारसहितको सङ्घीयता लागू गर्न आवश्यक रहेको बताए ।

नेता कोइरालाले गुटगत राजनीति गरेर कांग्रेस सफल नहुने बताए। विसं २०८४ को लागि लिएको मिसन ९लक्ष्य० लाई पूरा गर्न गुटगत राजनीति पार्टीबाट फाल्नुपर्नेमा उनले जोड दिए। विसं २०८४ को निर्वाचना कांग्रेस एक्लै चुनाव लड्नुपर्ने आवश्यकता रहेको नेता कोइरालाले बताए । पार्टीमा देखिएको विभिन्न आन्तरिक समस्यालाई समाधान गर्नका लागि पार्टीले एकपटक बसेर छलफल गरी योजना बनाएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेसका जिल्ला सभापति अर्जुन पोखरेलको अध्यक्ष्तामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, दिनेश कोइराला, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महामन्त्री विक्रम खनाल, भीमबहादुर थापालगायतले कार्यक्रममा सम्बोधन गर्दै पार्टी एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ९ : ३७ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले