बाथरुममा नुहाउँदा पनि हार्टअट्याक हुन सक्छ | Khabarhub Khabarhub

बाथरुममा नुहाउँदा पनि हार्टअट्याक हुन सक्छ


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय हार्ट अट्याक गम्भीर समस्या बन्दै गइरहेको छ। हार्टअट्याक व्यस्त लाइफ स्टाइल र पत्रु खानपानका कारण जोखिम हुने चिकित्सकले बताएका छन्। हार्ट अट्याकका लागि कुनै निर्धारित समय हुँदैन।

तर, धेरै जसो हार्ट अट्याक बाथरुममा हुने गरेको छ। मुटुसम्म अक्सिजन पुगाउने धमनीमा प्लाक जम्दा बाटो बन्द हुन पुग्छ। जसले गर्दा मुटुको धड्कनको गतिमा गडबडी आउन थाल्छ।

जसले गर्दा मानिसमा हार्ट अट्याकको जोखिम हुन्छ। हामी बिहानको समयमा हामी ट्वाइलेट जाने गर्छौं। कतिपय अवस्थामा पेट पुरै साफ गर्नका लागि भन्दै हामी जोरले प्रेसर गर्छौं। यो प्रेसरले हाम्रो मुटुको धमनीमा अधिक दबाब बनाउँछ र हार्ट अट्याकको जोखिम हुन्छ।

यस्तै बाथरुमको तापक्रम हाम्रो घरको अन्य कोठाको तुलनामा निकै चिसो हुन्छ। यस्तो अवस्थामा शरीरको तापक्रमलाई सन्तुलन राख्न तथा रगतको प्रवाहलाई बनाइराख्नका लागि अधिक काम गर्नुपर्ने हुन्छ। जसले गर्दा मुटुको सन्तुलनमा असर पुग्छ। र, हार्ट अट्याकको कारण बन्न सक्छ।

हार्ट अट्याकका लक्षण
– श्वास लिन गाह्रो हुनु।
– टाउको जोडले दुख्नु।
– रिगाटा लाग्नु।
– डायबिटीजका थुप्रै बिरामीमा कुनै लक्षण बिनानै पनि हार्ट अट्याक आउन सक्छ। यसलाई साइलेन्ट हार्ट अट्याक भनिन्छ।
– तनाव हुनु पनि हार्ट अट्याकको लक्षण हुन सक्छ।
– बान्ता हुनु पनि हार्ट अट्याकको लक्षण हुन सक्छ।

हार्ट अट्याक भएपछि
– यदि तपाईँको सामु कुनै मानिसमा हार्ट अट्याक आएमा उसलाई जमिनमा उत्तानो सुताउने।
– शरीरमा निकै टाइट लुगा भए खुल्ला गराउने या फुकाली दिने।
– जमिनमा पल्टिएको समयमा टाउको हल्का माथि पार्ने।
– हात र खुट्टालाई रगडि राख्ने।
– एम्बुलेन्सलाई तुरुन्त फोन गर्ने।

हार्ट अट्याकबाट बच्ने तरिका
– बाथरुपमा नुहाउँदा पानीको तापक्रममा ध्यान दिने। नुहाउँदा सबैभन्दा पहिले खुट्टाका पैतला भिजाउने। यसपछि हल्का पानी टाउकोमा हाल्ने। यसरी नुहाउँदा हार्ट अट्याकबाट जोगिन सकिन्छ। झ्याल ढोका पुरै बन्द गरेर ननुहाउने।

– अधिक समयसम्म ट्वाइलेटमा एउटै पोजिसनमा नबस्ने। लामो समयसम्म एउटै पोजिसनमा बस्दा हार्ट अट्याक आउने जोखिम हुन्छ।

– दिसा गर्न बस्दा पेट सफा गर्नका लागि भन्दै बल लगाउनु हुँदैन र, दिसा गर्न हतार गर्नु पनि हुँदैन।

– यदि तपाईँमा धेरै लामो समयसम्म बाथटब वा पानीमा रहन मन लाग्छ भने यसले पनि धमनीमा असर पारिरहेको हुन्छ। यस्तो अवस्थामा धेरै लामो समयसम्म बाथ टबमा नुहाउनु हुँदैन।

(मुटुरोग विशेषज्ञ डाक्टर विजय राजवंशीसँग गरिएको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : १३ बजे

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को

गाजाको जबलियामा इजरायलको बमबारी

काठमाडौं– गाजामा चलिरहेको भीषण लडाईँका बीच इजरायली सेनाले पछिल्लो २४

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा– त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको

छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडक कालोपत्र 

खोटाङ– कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल(खानीडाँडा-आहाले सडकको कामले गति