बाथरुममा नुहाउँदा पनि हार्टअट्याक हुन सक्छ « Khabarhub

बाथरुममा नुहाउँदा पनि हार्टअट्याक हुन सक्छ


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय हार्ट अट्याक गम्भीर समस्या बन्दै गइरहेको छ। हार्टअट्याक व्यस्त लाइफ स्टाइल र पत्रु खानपानका कारण जोखिम हुने चिकित्सकले बताएका छन्। हार्ट अट्याकका लागि कुनै निर्धारित समय हुँदैन।

तर, धेरै जसो हार्ट अट्याक बाथरुममा हुने गरेको छ। मुटुसम्म अक्सिजन पुगाउने धमनीमा प्लाक जम्दा बाटो बन्द हुन पुग्छ। जसले गर्दा मुटुको धड्कनको गतिमा गडबडी आउन थाल्छ।

जसले गर्दा मानिसमा हार्ट अट्याकको जोखिम हुन्छ। हामी बिहानको समयमा हामी ट्वाइलेट जाने गर्छौं। कतिपय अवस्थामा पेट पुरै साफ गर्नका लागि भन्दै हामी जोरले प्रेसर गर्छौं। यो प्रेसरले हाम्रो मुटुको धमनीमा अधिक दबाब बनाउँछ र हार्ट अट्याकको जोखिम हुन्छ।

यस्तै बाथरुमको तापक्रम हाम्रो घरको अन्य कोठाको तुलनामा निकै चिसो हुन्छ। यस्तो अवस्थामा शरीरको तापक्रमलाई सन्तुलन राख्न तथा रगतको प्रवाहलाई बनाइराख्नका लागि अधिक काम गर्नुपर्ने हुन्छ। जसले गर्दा मुटुको सन्तुलनमा असर पुग्छ। र, हार्ट अट्याकको कारण बन्न सक्छ।

हार्ट अट्याकका लक्षण
– श्वास लिन गाह्रो हुनु।
– टाउको जोडले दुख्नु।
– रिगाटा लाग्नु।
– डायबिटीजका थुप्रै बिरामीमा कुनै लक्षण बिनानै पनि हार्ट अट्याक आउन सक्छ। यसलाई साइलेन्ट हार्ट अट्याक भनिन्छ।
– तनाव हुनु पनि हार्ट अट्याकको लक्षण हुन सक्छ।
– बान्ता हुनु पनि हार्ट अट्याकको लक्षण हुन सक्छ।

हार्ट अट्याक भएपछि
– यदि तपाईँको सामु कुनै मानिसमा हार्ट अट्याक आएमा उसलाई जमिनमा उत्तानो सुताउने।
– शरीरमा निकै टाइट लुगा भए खुल्ला गराउने या फुकाली दिने।
– जमिनमा पल्टिएको समयमा टाउको हल्का माथि पार्ने।
– हात र खुट्टालाई रगडि राख्ने।
– एम्बुलेन्सलाई तुरुन्त फोन गर्ने।

हार्ट अट्याकबाट बच्ने तरिका
– बाथरुपमा नुहाउँदा पानीको तापक्रममा ध्यान दिने। नुहाउँदा सबैभन्दा पहिले खुट्टाका पैतला भिजाउने। यसपछि हल्का पानी टाउकोमा हाल्ने। यसरी नुहाउँदा हार्ट अट्याकबाट जोगिन सकिन्छ। झ्याल ढोका पुरै बन्द गरेर ननुहाउने।

– अधिक समयसम्म ट्वाइलेटमा एउटै पोजिसनमा नबस्ने। लामो समयसम्म एउटै पोजिसनमा बस्दा हार्ट अट्याक आउने जोखिम हुन्छ।

– दिसा गर्न बस्दा पेट सफा गर्नका लागि भन्दै बल लगाउनु हुँदैन र, दिसा गर्न हतार गर्नु पनि हुँदैन।

– यदि तपाईँमा धेरै लामो समयसम्म बाथटब वा पानीमा रहन मन लाग्छ भने यसले पनि धमनीमा असर पारिरहेको हुन्छ। यस्तो अवस्थामा धेरै लामो समयसम्म बाथ टबमा नुहाउनु हुँदैन।

(मुटुरोग विशेषज्ञ डाक्टर विजय राजवंशीसँग गरिएको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : १३ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले