बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ? | Khabarhub Khabarhub

बालुवाटारमा सभामुख : दबाव दिन कि सत्तापक्षको साक्षी बस्न ?


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरे शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगे । सभामुखको निवास पनि बालुवाटारमै भएकाले फुत्त प्रधानमन्त्रीको निवासमा छिर्न कुनै गाह्रो कुरा हैन, तर व्यवस्थापिका संसदको नेता मानिने सभामुख र सत्तापक्षका नेतावीचको  बैठकलाई शक्ति सन्तुलनका दृष्टिले भने चासोका साथ हेरिनु स्वाभाविकै हो ।

पत्रकार महासंघको कार्यक्रममा ‘संसद सधैं बन्धन बन्न सक्दैन’ भनेर भाषण गरेका सभामुख घिमिरेले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि त्यहाँ मिसिए ।

सभामुख घिमिरेले सत्तापक्षको कुरा सुनेर असन्तुलित व्यवहार देखाएको भनेर नेपाली कांग्रेसले आरोप लगाइरहेका बेला बालुवाटारमा सत्तापक्षका नेताहरुसँग सभामुख घिमिरेले छलफल गरेका हुन् ।

सहकारीको ठगीबारे छनविन समिति बनाइनुपर्ने माग गर्दै विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध पारिरहेका बेला सभाुमख घिमिरे किन प्रधानमन्त्री निवास बालुवाटार पुगे ? के उनले विपक्षीको माग पूरा गराउन सत्तापक्षलाई दबाव दिएका हुन् ? त्यसो होइन भने यो भेटवार्ताले सभामुखमाथि सत्तापक्षको योजनामा साक्षी बस्न गएको आरोप लाग्ने जोखिम निम्त्याउने देखिन्छ ।

सभामुख र सत्तापक्षका नेताहरुवीच यस्तो बेलामा भेट भएको छ, दुई दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय समिति नबनेसम्म संसदको अवरोध यथावत राख्ने अडानमा छ ।

यो पनि-

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफलमा रवि पनि पुगे

विहीबार संसदमा भएको हंगामा लगत्तै नेपाली कांग्रेसले सभामुखको तटस्थ भूमिकामाथि प्रश्न उठाएको अवस्था छ । कांग्रेसको अवरोधकै वीच सभामुखले जबर्जस्ती बैठकको कारवाही अघि बढाउन खोज्दा संसदमा अप्रिय स्थिति आएको कांग्रेस संसदीय दलले निष्कर्ष निकालेको छ।

विहीबार संसदमा भएको विवादलगत्तै आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापाले सत्तापक्षका तीन नेतासँग सभामुखले गोप्य बैठक राखेको र त्यहीँको निर्देशनअनुसार चल्न खोजेको आरोप लगाएका थिए । त्यसको दुईदिनपछि बालुवाटारमा सत्तापक्षका नेताहरुसँग सभामुखको बैठक बसेको हो ।

त्यसो त सभामुख घिमिरेले केही दिनयता संसदको अवरोध खुलाउनका लागि दलका नेताहरुसँग तारन्तार छलफल गर्दै आएका छन् । उनले कांग्रेसका नेताहरुसँग पनि सम्वाद गरेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ४ : ४१ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि