नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा « Khabarhub

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष श्रेष्ठ प्रहरी नियन्त्रणमा


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बारा- निजगढ नगरपालिका वडा नम्बर २ का अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ। वडा नम्बर २ कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

श्रेष्ठले १५ वर्षकी नाबालिगलाई घरमा बोलाएर जबरजस्ती करणी गरेको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो। जाहेरी दर्ता भएसँगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए।

आइतबार राति करिब ८ : ३० बजे उनी आफै इलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले बताएको छ। दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबरजस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिइन्।

श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : ५२ बजे

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी

नवलपुरमा स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै