काठमाडौँ – मन छुने कोरस र शक्तिशाली शब्दहरू पप गीत बेटर डेजका विशेषता हुन्। सन् २०१० को गृष्म ऋतुमा त यसले सनसनी नै फैलाएको थियो। यस भित्र एउटा गोप्य सन्देश पनि थियो। गीतका सर्जकहरूले त्यस गोप्य सन्देशलाई वर्षौँसम्म लुकाएर राखेका थिए। त्यसको रहस्य अहिले खुलेको छ।
जतिबेला मलेरियाको प्रकोप थियो। जताततै खटिरा थिए, सुत्न खोजेको केहीले सताइ हाल्ने। पछि कोलम्बियाको विद्रोही शक्ति रेभुलेसनरी आर्म फोर्स अफ कोलम्बियाबाट बन्दी बनाइएका मेजर जनरल लुइस हर्लिन्डो मन्डियटा ओभालोलाई त्यस समयको त्यस गीतको मर्म अझै याद छ।
“त्यहाँ ढुसी परेको अवस्था समेत थियो। आद्रताको कारण यसरी ढुसी बढ्ने गरेको हो” मन्डियटाले त्यो समय सम्झिए।
कोलम्बियाको ५० वर्षे गृह युद्धको समयमा दुवै पक्षमा चरम अत्याचार बढेको थियो। सन् २००० को समयमा दुवै पक्षमा अपहरणलाई मुख्य रणनीति बनाइएको थियो। कोलम्बियाको सङ्क्रमणकालीन सत्य निरूपण अयोगको तथ्यांक अनुसार त्यस २१ हजार ३ सय ९६ वटा अपहरणका घटना भएका थिए।
यस लडाइँको समयमा सेनाका अधिकारी र प्रहरी अधिकृत दुवै निसाना बनेका थिए। जङ्गलमा एउटा राम्रो सञ्जाल बनाएर बसेको विद्रोही समूहले जुनसुकै समयमा जो कोहीलाई पनि आफ्नो निसाना बनाउन सक्ने सम्भावना थियो।
त्यस समयको निर्देशक अल्फान्सो डिएजका अनुसार त्यो सबै कुरा रेडियोबाट मात्र सम्भव थियो।
पहाडी क्षेत्रमा त सेनाका लागि असाध्यै कठिन समय थियो। जनरल मन्डियटा जस्तो धेरैलाई बन्दी हुने सम्भावना बढेको थियो। त्यसै समयमा कर्णेल जोसे एस्पेजो जो पछि सञ्चार अधिकृत पनि भए। उनले नै अपरेसनलाई अगाडी बढाउने कुरामा एउटा योजना अगाडी ल्याएका थिए।
त्यसै समयमा उनीहरूले बन्दी भई रहेको समयमा एउटा आत्मबल चाहिएको थियो। धेरै सम्भावना र आशाको सञ्चार उनीहरूमा आवश्यक थियो। उनीहरूमा बाहिर निस्कने एउटा उपाय अझ बाँकी छ भन्ने भान दिलाउन आवश्यक थियो।
त्यसै समयमा सेनामा एउटा कठोर आदेशको नीति भन्दा फरक नीतिको सोच अगाडी ल्याइएको थियो। एउटा विज्ञापन एजेन्सीका कार्यकारी प्रमुख हुवाँ कार्लोस ओरीटेज तर्फ कर्णेलको ध्यान मोडिएको थियो। उनले लागु औषध विरोधी अभियान चलाएका कारण धेरै पुरस्कार समेत पाएका थिए। उनको यही अभियानको कारण कोकीन व्यापारीको निसानामा समेत उनी थिए।
ओरीटेजले बारम्बार विद्रोहीबाट धम्की सही रहेका थिए। यसै कारण उनी अमेरिकामा शरणार्थीको रूपमा पुगेका थिए। त्यहीँ अमेरिकामा बसेको समयलाई उपयोग गर्दै बन्दीहरूलाई नयाँ आशा दिने केही कुरा तयार गर्न उनको पनि चाहना जागेको थियो। यस पछि सैनिक अधिकारीसँगको उनको सम्पर्क पछि नयाँ उपाय फुरेको थियो।
त्यस समयमा कोलम्बियाका सेनाले मर्स कोडमा प्रशिक्षण लिएका थिए। त्यसै मर्स कोडलाई प्रयोग गर्दै बाहिरको सन्देश बन्दी सम्म लैजाने उनीहरूको प्रयास र योजना रहेको थियो। त्यस समयको निर्देशक अल्फान्सो डिएजका अनुसार त्यो सबै कुरा रेडियोबाट मात्र सम्भव थियो।
हर्बीन होयर नामका एक सञ्चारकर्मीले अपहरितको आवाजको नामको एक कार्यक्रम आयोजना गरेका थिए। यसै कार्यक्रम मार्फत बाहिरबाट आफ्ना प्रियहरूको सन्देश बन्दीसम्म लैजान सम्भव थियो।
सर्जकहरूले एउटा निश्चित र सानो समूहलाई लक्षित गर्दै यो गीतको सृजना गरेका थिए। तर त्यो गीत रातारात लाखौँले सुनेका थिए। त्यस गीत त्यसमा सर्वाधिक सफल गीतको रूपमा समेत स्थापित भएको थियो।
गत वर्ष कोरोनाका कारण निधन भएका होयर लामो समय फार्कबाट बन्दी बनाइएका थिए। सुरुमा चुट्किलाको बिचमा मर्स कोड राखेर पठाउने निर्णय गरिएको थियो। पछि उनीहरूलाई यो उपाय एकदमै प्रभावकारी लागेन।
कार्लोस मोटेलाले सङ्गीतको एउटा धुन मात्र त्यहाँ पठाउने योजना बनाएका थिए। यसले पनि सम्बन्धित मानिसलाई एकाङ्की बनाउन सक्थ्यो। यस कारण उनीहरूमा एउटा गम्भीर गीत त्यो पनि भावुक प्रकृतिको सृजना सहितको तयार गर्ने नयाँ जुक्ती फुरेको थियो। यसै गीतको बिचमा मर्स कोड मार्फत बन्दी भएको सेनालाई खबर पठाउने योजना बुनिएको थियो।
डियाज र र्पोटला मिलेर लेखेको “बेटर डेज”ले मुटुको धड्कन बोलेको थियो। यो गीतका कारण बन्दी बनाइएकाहरूमा आफू एक्लो नभएको महसुस गराएको थियो। गायिका समेत रहेकी अभिनेत्री नाटालीया गुटीरेज र एक्स फेयाक्टरलाइे कोलम्बीयाली भर्सनमा ढाल्न सफल विख्यात रक गायक एन्जेलो पनि यस गीतको अभियानमा सहभागी भए।
पोर्टेलाले सङ्गीत संयोजन गरेका इन्जिनियर अमाउरी हर्नान्डेजसँग मिलेर त्यस गीतको बिचमा धेरै कुरा मर्स कोड मार्फत राखेका थिए। सुन्नेले बिचमा सन्देश पत्ता लगाउन् भन्नका खातिर सिन्थेसाइजरको प्रयोग गर्ने नित लिइएको थियो। गीतको तीन भिन्न मागमा सन्देश समाहित गरिएको थियो।
उदाहरणका लागि यस्तो सन्देश त्यहाँ थियो, “१९ जना रिहा भए। अब तिम्रो पालो। निराश नहुनु,।” यस्ता सन्देश त्यस गीतको बिचमा घुसाइएको थियो। ८ महिनामा तयार भएको यो गीत सन् २०१० मा रिलिज भएको थियो। ठुला कमर्सीयल स्टेसनको साटो ग्रामीण भेग छानेर एके पटक १ सय ३० स्टेसनमा गीत बजाइएको थियो।
सर्जकहरूले एउटा निश्चित र सानो समूहलाई लक्षित गर्दै यो गीतको सृजना गरेका थिए। तर त्यो गीत रातारात लाखौँले सुनेका थिए। त्यस गीत त्यसमा सर्वाधिक सफल गीतको रूपमा समेत स्थापित भएको थियो।
त्यसै वर्ष रिहा भएका जेन मन्डियटाले रेडियोमा यो गीत प्रसारण गर्न लगाएर भित्र बन्दी भइरहेकाहरूका लागि सुन्ने वातावरण तयार गरेका थिए। “पुस्तक कहिले पनि एक्लो हुँदैन भन्ने सुनेको थिएँ। तर हाम्रा लागि रेडियो कहिले पनि एक्लो हुँदैन भने जस्तो भयो” मन्डियटाले त्यस समयलाई सम्झँदै भने।
कोलम्बियाले अझ विभिन्न सैन्य समूहसँगको सामना गर्नु परेकाले त्यस गीतका सर्जकहरू बेटर डेजको महत्त्व कहिले पनि नमर्ने बताउँछन्।
त्यसको अर्को वर्ष बन्दी रिहाइको क्रमले तीव्रता पाएको थियो। त, पनि यस बिचका समय त्यहाँ रहेका बन्दी सैनिकहरूमा धेरै सहयोगी भएको थियो। कतिपय बन्दी त त्यहीँ भित्र नै मरेका थिए। बाँचेकाहरू भने भने अहिले पनि त्यस दिन सम्झँदै गीत सहारा भएको सुनाउँछन्।
बन्दी जीवन बिताएर निस्किएका सेनाका अनुसार यस गीतले एउटा सकारात्मक भाइभको सञ्चार गरेको थियो। त्यसै सकारात्मक सञ्चारले नै बाहिर निस्कन सहयोग गरेको विश्वास उनीहरूको छ।
पोर्टेलाक विचारमा त्यस गीत सुन्दा उनमा एउटा आशाको सञ्चार जाग्ने र स्वतः खुसीयाली छाउने गरेको थियो। गीतको तयारी देखि वितरण र यसको प्रभाव नदिएसम्म यस गीतको निर्माता कम्पनी उत्तिकै सचेत थिए।
यस गीतको रहस्य र त्यस कोडका बारे सेना र अन्य संलग्न राख्ने भन्दा बाहेक अन्य कसैलाई।वर्षौँसम्म पनि थाहा दिइएन। “मैले वर्षौँसम्म यो कुरा कसैलाई पनि भनिन। मेरो परिवारलाई पनि भनिन,” गुटीरेजले भने “विश्वसनीयताका कुरा पनि हुने भएकाले यो मैले कहिले पनि नभनेको हुँ।” सेनाको लागि बनाइएको यो गीत अन्यका लागि पनि त्यत्तिकै कर्णप्रिय बनेको थियो।
कानसबाट यसले अवार्ड पाएको थियो। त्यो गीतको लोकप्रियता बढ्दै गएको छ। सुरुवातमा यो गीत प्रसारणमा आएको भन्दा कोलम्बियाको राजनीतिक परिस्थिति बदलिएको छ। सन् २०१६ मा फार्कले कोलम्बियासँग शान्ति सम्झौता गरेको थियो। त्यस पछि धेरैलाई रिहाइ गरिएको थियो।
अहिले पनि कोलम्बियामा अन्य सैन्य समूह तथा लागूऔषध कारोबारीको प्रभाव यथावतै छ। कोलम्बियाले अझ विभिन्न सैन्य समूहसँगको सामना गर्नु परेकाले त्यस गीतका सर्जकहरू बेटर डेजको महत्त्व कहिले पनि नमर्ने बताउँछन्।
(स्रोत : बीबीसी)
प्रतिक्रिया