नयाँ सरकारको टुंगो छैन, सभामुख, उपसभामुखको निर्वाचन मिति तय « Khabarhub

नयाँ सरकारको टुंगो छैन, सभामुख, उपसभामुखको निर्वाचन मिति तय


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेशमा नयाँ सरकार बन्नुअघि नै सभामुख र उपसभामुखको निर्वाचन हुने भएको छ। सोमबार बिहान बसेको सर्वदलीय बैठकले बागमती प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन २८ र २९ पुसमा हुने मिति तय गरेको छ। प्रदेश सभाको पहिले अधिवेशन सोमबार दिँउसो १ बजे बोलाइएको छ।

आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकको कार्यसूची तय गर्न बसेको सर्वदलीय बैठकले प्रदेश सभाको कार्यसूची र सभामुख र उपसभामुखको निर्वाचनको मितिसमेत तय गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। सभामुख र उपसभामुखको निर्वाचनका लागि २७ पुसमा मनोनयन दर्ता गर्न मिति निर्धारण गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ।

आज बस्ने प्रदेश सभाको बैठकमा दलीय रूपमा दलका नेताहरूले शुभकामना मन्तव्य राख्नेछन् भने निर्वाचितबाहेकका मन्त्रीहरूलाई पनि सदनमा आसनको व्यवस्था गर्न दलहरू सहमत भएका छन्। निर्वाचनबाट नयाँ संसद् आइसक्दा पनि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका छैनन्।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १२ : ३१ बजे

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,