युक्रेनी राजधानीमा रुसद्वारा हवाई हमला « Khabarhub

युक्रेनी राजधानीमा रुसद्वारा हवाई हमला


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाले हवाई हमला गरेको छ । हवाई आक्रमणका कारण शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

कीभ शहर सैन्य प्रशासनले मुलुकको एयर रक्षा प्रणालीले राजधानीमा गरिएका सबै ३२ वटै हवाई आक्रमणलाई निस्तेज गरिएको बताएको छ ।

प्रतिरक्षा प्रणालीले निस्तेज पारेको हवाई उपकरणको भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारमा सामान्य क्षति पुगेको छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ ।

यसैगरी कीभ क्षेत्रमा ड्रोन आक्रमणमा पूर्वाधार सुविधा क्षतिग्रस्त भएको किभ क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सी कुलेबाले टेलिग्राममा बताएका छन् । यद्यपि युक्रेनी आक्रमणबाट राजधानी र कीभ क्षेत्रमा कुनै हताहतीको भने भएको छैन ।

रुसले कूल ४५ लडाकु ड्रोनहरू प्रक्षेपण गरेको छ । त्यसमध्ये ३२ वटा आइतबार मध्यरात पछि र शनिबार अबेर राति १३ वटा प्रहार गरइएको थियो । यद्यपि ती सबैलाई युक्रेनको हवाइ रक्षाले खसालेको युक्रेनी सशस्त्र सेनाको वायुसेना कमाण्डले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ३ : १२ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल