रेशम चौधरी रिहा नभए उन्मुक्ति पार्टीले प्रदेशसभा अवरुद्ध गर्ने « Khabarhub

रेशम चौधरी रिहा नभए उन्मुक्ति पार्टीले प्रदेशसभा अवरुद्ध गर्ने


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरी रिहा नभए माघी पर्व (माघ १) पछि प्रदेशसभा अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

टिकापुर घटनामा संलग्नता रहेको आरोपमा दोषी ठहर भई जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाई नभए माघीपछि प्रदेशसभा बैठक अबरुद्ध गर्ने पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए ।

प्रदेशसभाको पहिलो बैठकमा शुभकामना दिन विशेष समयमा बोलेका चौधरीले भने, ‘माघीअअघि टिकापुर घटनालाई सुल्झाएर जेलमा रहेका नेता कार्यकर्ताको रिहाई हुनुपर्छ, त्यसो नभए माघिपछि प्रदेशसभा चल्न दिने छैनौं ।’

उनले थारु आन्दोलन पहिचानका लागि गरिएको र सो आन्दोलन व्यक्तिगत नभई राजनीतिक आन्दोलन भएको बताए । ‘त्यसैले टिकापुर घटनालाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ,’ उनले भने, ‘अधिकार माग्नेलाई दण्ड सजायको व्यवस्था लोकतन्त्रमा हुन सक्दैन, थारु समुदायले त्यसलाई मान्नेवाला पनि छैन ।’

देशमा व्यवस्था परिवर्तनका लागि भएका अन्य राजनीतिक आन्दोलनजस्तै थारुको आन्दोलन पनि आफ्नो पहिचानका लागि गरिएको राजनीतिक आन्दोलन भएको उनले बताए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ३ : ५६ बजे

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली