नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि | Khabarhub Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अंकले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८८ अंकले उकालो लागेर तीन सय ९४ दशमलव ८९ अंकमा पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ । कारोबार भएकामध्ये एक सय ६५ कम्पनीको शेयर मूल्य वृद्धि भएको हो । यस्तै ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

कूल ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता शेयर रु दुई अर्ब ९६ करोड नौ लाख २७ हजार चार सय ४० मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको १६ करोड ८४ लाख ५१ हजार दुई सय ८२ बराबरको कारोबार भयो ।

यस्तै हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजार तीन सय तीन, एनआइसी एशिया बैंकको रु ११ करोड १४ लाख ५५ हजार, नेपाल दूरसञ्चार कम्पनीको आठ करोड ३५ लाख ८५ हजार नौ सय १५ र युनिभर्सल पावरको सात करोड ९२ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार उकालो लागेको बजारमा तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीमा धौलागिरि लघुवित्त, सिर्जनशील लघुवित्त र खप्तड लघुवित्त रहेका छन् । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । यस्तै अजोड इन्स्योरेन्स नौ दशमलब ९८ र प्रभु इन्योरेन्सका लगानीकर्ताले नौ प्रतिशतले कमाएका छन् ।

त्यस्तै एनएमबीका ५० लगानीकर्ताले चार दशमलब ८० प्रतिशतले गुमाए भने  नेपाल दूरसञ्चार कम्पनीको चार दशमलव शून्य एक, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र तीन दशमलव ९६, नेपाल बैंक लिमिटेडको दुई दशमलव ५६ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले दुई दशमलव ४५ प्रतिशतले गुमाएका छन् । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ५ : १० बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती