धमाधम कर्मचारी कटौती गर्दै सिओमी « Khabarhub

धमाधम कर्मचारी कटौती गर्दै सिओमी


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ स्मार्टमाफोन निर्माता कम्पनी सिओमीले धमाधम कर्मचारी कटौती गर्न थालेको छ । हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टका अनुसार सिओमीले विभिन्न विभागमा कार्यरत कर्मचारीलाई कामबाट हटाउन थालेको हो ।

चिनियाँ श्रम कानूनअनुसार औपचारिक रुपमा २० जनाभन्दा धेरै कर्मचारीलाई हटाउँदा सरकारी निकायमा अनिवार्य जानकारी गराउनुपर्छ । सोही कारण ‘व्यापारिक अनुकूलता’ का नाममा सिओमीले कर्मचारी कटौती गरेको बताइएको छ ।

यसबारे जानकारी दिँदै उक्त कम्पनीका प्रतिनिधिले ‘नियमित व्यापारिक अनुकूलता र सांगठनिक सुव्यवस्था’ कार्यान्वयन गरेको र यसबाट केबल १० प्रतिशत कर्मचारी प्रभावित हुने बताएका छन् ।

सेप्टेम्बर ३० मा प्रकाशित सिओमीको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीमा कूल ३५ हजार ३ सय १४ जना कर्मचारी कार्यरत छन् । यीमध्ये ३२ हजार कर्मचारी मुख्यभूमि चीनमा कार्यरत रहेको बताइएको छ ।

चिनियाँ समाचार संस्था जेमियानले जनाएअनुसार कम्पनीले स्मार्टफोन र इन्टरनेट सेवा व्यवसायका विभिन्न एकाईमा कर्मचारी कटौतीको तयारी गरिरहेको उल्लेख गरेको छ ।

कामबाट हटाइएका कर्मचारीलाई केही उपदानको समेत व्यवस्था समेत गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । कर्मचारी कटौतीपछि सिओमीको कर्मचारीलाई दिइने तलब खर्च १५ प्रतिशतले कमी आउने अपेक्षा गरिएको छ ।

कोरोना भाइरसको महामारीसँगै चीनमा लागू गरिएको कठोर शून्य कोभिड नीतिका कारण कम्पनीको बिक्री घटेको छ ।

यस कम्पनीले सन् २०२४ भित्र अमेरिकी प्रविधि कम्पनी एप्पललाई उछिनेर विश्वमै सबैभन्दा धेरै स्माटेफोन बिक्रेता बन्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ५ : १६ बजे

रास्वपाको पेजमा राखियो केन्द्रीय सदस्य जित्ने एक-एक नेताको फोटो

 काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पहिलो महाधिवेशनबाट

आयल निगममा वार्षिक करोडौँको ओभरटाइम भत्ता कटौती, सिफ्ट प्रणाली लागू गरिँदै

काठमान्डौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री

रासायनिक मल वितरणमा अनियमितता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौं- मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । मन्त्रिपरिषद्को नियमित बैठक