पाकिस्तानमा मानव तस्करीका घटना बढ्दै « Khabarhub

पाकिस्तानमा मानव तस्करीका घटना बढ्दै


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा पछिल्ला केही वर्षमा मानव तस्करीका घटना ह्वात्तै बढेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने ट्रिब्युन अखरबारका अनुसार महिला, पुरुष, बालबालिका र तेस्रोलिङ्गी समेत मानव तस्करीको सिकार बनेका छन् । यसबाहेक पाकिस्तानभित्रै र पाकिस्तानबाट विदेशमा हुने मानव तस्करी पनि बढेको छ ।

ट्रिब्युनले जनाएअनुसार सन् २०२० मा सबैभन्दा धेरै जनसङ्ख्या रहेको पन्जाब प्रान्तमा केबल ६ जना मानव तस्करको सिकार भएका थिए भने सन् २०२२ मा यो सङ्ख्या बढेर २१७ पुगेको छ । यस प्रान्तमा दुई वर्षमा मात्रै मानव तस्करीका घटना ३,५१७ प्रतिशतले बढेको पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) को तथ्यांकलाई उद्धृत गर्दै ट्रिब्युनले उल्लेख गरेको छ ।

त्यस्तै, सिन्ध प्रान्तमा सन् २०२० मा केबल ६ वटा मानव तस्करीका घटना दर्ता भएकोमा सन् २०२२ मा यो सङ्ख्या बढेर ४३४ पुगेको छ । यो प्रान्तमा दुई वर्षको अवधिमा मानव तस्करीका घटना ७ हजार प्रतिशतले बढेको छ ।

यद्यपि पाकिस्तानको खैबर पख्तुनख्वामा भने मानव तस्करीका घटनामा कमी आएको पाइएको छ । सन् २०२१ मा ७१ जना मानव तस्करीको सिकार भएकोमा सन् २०२२ मा यो घटेर ६१ पुगेको छ ।

त्यसैगरी बलुचिस्तानमा सन् २०२० मा ४ वटा मानव तस्करीका घटना दर्ता भएकोमा सन् २०२१ मा यो बढेर ८७ पुगेको थियो । यद्यपि सन् २०२२ मा बलुचिस्तानमा ३८ वटामात्र मानव तस्करीका घटना दर्ता भएको ट्रिब्युनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ६ : २३ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा