पाकिस्तानमा मानव तस्करीका घटना बढ्दै | Khabarhub Khabarhub

पाकिस्तानमा मानव तस्करीका घटना बढ्दै


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा पछिल्ला केही वर्षमा मानव तस्करीका घटना ह्वात्तै बढेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने ट्रिब्युन अखरबारका अनुसार महिला, पुरुष, बालबालिका र तेस्रोलिङ्गी समेत मानव तस्करीको सिकार बनेका छन् । यसबाहेक पाकिस्तानभित्रै र पाकिस्तानबाट विदेशमा हुने मानव तस्करी पनि बढेको छ ।

ट्रिब्युनले जनाएअनुसार सन् २०२० मा सबैभन्दा धेरै जनसङ्ख्या रहेको पन्जाब प्रान्तमा केबल ६ जना मानव तस्करको सिकार भएका थिए भने सन् २०२२ मा यो सङ्ख्या बढेर २१७ पुगेको छ । यस प्रान्तमा दुई वर्षमा मात्रै मानव तस्करीका घटना ३,५१७ प्रतिशतले बढेको पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) को तथ्यांकलाई उद्धृत गर्दै ट्रिब्युनले उल्लेख गरेको छ ।

त्यस्तै, सिन्ध प्रान्तमा सन् २०२० मा केबल ६ वटा मानव तस्करीका घटना दर्ता भएकोमा सन् २०२२ मा यो सङ्ख्या बढेर ४३४ पुगेको छ । यो प्रान्तमा दुई वर्षको अवधिमा मानव तस्करीका घटना ७ हजार प्रतिशतले बढेको छ ।

यद्यपि पाकिस्तानको खैबर पख्तुनख्वामा भने मानव तस्करीका घटनामा कमी आएको पाइएको छ । सन् २०२१ मा ७१ जना मानव तस्करीको सिकार भएकोमा सन् २०२२ मा यो घटेर ६१ पुगेको छ ।

त्यसैगरी बलुचिस्तानमा सन् २०२० मा ४ वटा मानव तस्करीका घटना दर्ता भएकोमा सन् २०२१ मा यो बढेर ८७ पुगेको थियो । यद्यपि सन् २०२२ मा बलुचिस्तानमा ३८ वटामात्र मानव तस्करीका घटना दर्ता भएको ट्रिब्युनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ६ : २३ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका