आज २०७९ साल माघ १९ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल माघ १९ गते बिहीबारको राशिफल


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०७९ साल माघ १९ गते बिहीबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : खर्च बढ्नेछ। भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ।

वृष : बोलीका कारण घाटा हुने भएकाले बोल्दा सचेत हुनुहोला। व्यस्तताले गर्दा मानसिक तनाव बढ्नेछ। गणेश भगवानको स्मरण गरे मन शान्त हुनेछ।

मिथुन : दिन राम्रो छ। आफन्तको सहयोग मिल्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। पठनपाठनमा जोशजाँगर बढ्नेछ। प्रेममा धोका हुने भएकाले सचेत हुनुपर्ने देखिन्छ।

कर्कट : दिन सामान्य राम्रो छ। काममा सफलता मिल्नेछ। उत्साह बढ्नेछ। शिक्षामा गरेको श्रम लगानीबाट सन्तोष पाइनेछ। जग्गासम्बन्धी कारोबारमा लाभ हुनेछ।

सिंह : दिन राम्रो छ। बोलीमा मिठास रहनेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पाइनेछ।

कन्या : दिन राम्रो नै छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट निकै उत्साह मिल्नेछ। खर्च बढ्नेछ। रोगको प्रकोप बढ्ने देखिन्छ।

तुला : सामान्य दिन राम्रो छ। खुसी मिल्नेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या आउनेछ। पारिवारिक मेलमिलाप हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। अरु क्षेत्र यथास्थितीमा छ।

वृश्चिक : दिन सामान्य राम्रो छ। समस्याबाट नै समाधान निकाल्नुपर्नेछ। बिहान उठेर सूर्यको दर्शन गर्नुहोला। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

धनु : दिन सामान्य राम्रो छ। मातापिताबाट सहयोग मिल्नेछ। राजनीतिमा शत्रु बढ्नेछ। आर्थिक क्षेत्रमा ठूलो फड्को मिल्ने योग रहेको छ।

मकर : दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्नेछ। व्यापार व्यवसायबाट राम्रो फल प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदन मिल्नेछ। प्रेममा सफलता पाइनेछ।

कुम्भ : मनमा उल्लास बढ्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा मन जानेछ। पठनपाठनमा आलश्य बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहला।

मीन : आम्दानी बढ्नेछ। सोचेअनुसार काम नबन्दा चिन्ता थपिनेछ। आफन्तबाट अपमान मिल्नेछ। अनावश्यक यात्रामा ननिस्कनुहोला। रोगको प्रकोप बढ्ने देखिएको छ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ५ : ४७ बजे

सूर्यविनायक साँगा सडक सीमाभित्र बनेका संरचना भत्काइँदै (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक साँगा सडक सीमाभित्र निर्माण भएका

ओमानले आइतबार अमेरिका-इरान आणविक वार्ताको आयोजना गर्ने

एजेन्सी– लामो समयदेखि शत्रुहरूबीच बढ्दो तनावका बीच सप्ताहन्तमा संयुक्त राज्य अमेरिका

चिनियाँ विश्लेषकले जब गङ्गाभन्दा उत्तरमा पर्ने भूभाग चीनको हुनुपर्ने बताए…

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीनिकट एक जना राजनीतिक विश्लेषकले भारतको गङ्गा

स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिन्छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा भएका स्रोत साधनको