भद्रपुर–सलकपुर सडक डेढ वर्षमा तीन किलोमिटर कालोपत्रे « Khabarhub

भद्रपुर–सलकपुर सडक डेढ वर्षमा तीन किलोमिटर कालोपत्रे


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडकको कालोपत्र गर्ने कार्य डेढ वर्षको अवधिमा तीन किलोमिटर मात्र भएको छ।

कनकाई मोती जेभी काठमाडौँले विसं २०७८ भदौ २३ गते दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको सडकको कालोपत्र गर्ने कार्य हालसम्म तीन दशमलव छ सय किलोमिटर भएको हो। पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २६ करोड ६९ लाख ३३ हजार आठ सय २८ भ्याटसहितको बजेटमा भद्रपुर–फडानी पुल–इँटाभट्टा–सलकपुर सडक ठेक्का लागेको जानकारी दिए।

उनले सडकको हालसम्मको वित्तीय प्रगति भने छ प्रतिशतमात्र भएको बताए। निन्दा पुलदेखि इँटाभट्टासम्म १० दशमलव तीन सय ६० किलोमिटर, इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म १० दशमलव चार सय ३० किलोमिटर कालोपत्र गर्ने योजनासहित सडकको ठेक्का लागेको उनको भनाइ छ।

कालोपत्र भइरहेको सडकको जम्मा चौडाइ पाँच दशमलव पाँच मिटर, मान्छे हिँड्ने बाटोको चौडाइ ० दशमलव ७५ मिटर दुवैतर्फ गरी सडक जम्मा चौडाइ १० मिटरको रहेको उनले सुनाए। मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले तोकिएको समयमा निर्माण सम्पन्न गर्न सबै तह र तप्काबाट ठेकेदारलाई खबरदारी गर्नुपर्ने जनाए। उनले सो सडक निर्माणसँगै इलामको रोङ गाउँपालिकाका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायतका क्षेत्रमा पुग्न सजिलो हुने र दूरीसमेत छोटो हुने दाबी गरेका छन्।

उनले सो सडकको माध्यमबाट इलामका विभिन्न क्षेत्रका जनताले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरणमा सहज हुने, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत पछि परेका ग्रामीण क्षेत्रका अधिकांश बासिन्दाको सहज पहुँच पुग्ने धारणा व्यक्त गरेका छन्।

जिल्लामा आधा दर्जन बढी सडक प्रदेश सरकारको लगानीमा कालोपत्र गर्ने कार्य भइरहे तापनि विभिन्न कारण देखाएर ठेक्का लिएका कम्पनीले निर्माणमा ढिलासुस्ती गरिरहेका छन्।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ६ : ४१ बजे

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा हाल केही

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार