परराष्ट्रमन्त्री विमला आज श्रीलङ्का जाँदै « Khabarhub

परराष्ट्रमन्त्री विमला आज श्रीलङ्का जाँदै


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री विमला राई पौडेल आज पहिलो विदेश भ्रमणमा निस्कदै छिन् ।

श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन पौडेल आज कोलोम्बो प्रस्थान गर्न लागेकी हुन्।

समकक्षी एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी श्रीलङ्का जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउने कार्यक्रम रहेको छ।

उनले त्यहाँ रहँदा श्रीलङ्काका राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुनवर्द्धनसँग शिष्टाचार भेट गर्ने तयारी छ।

त्यसक्रममा उनी राष्ट्रपति भवनमा श्रीलङ्काका राष्ट्रपतिले आयोजना गर्ने स्वागत समारोहमा सरिक हुनेछिन्। उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ७ : १० बजे

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई