त्रिवेणीमा १५ करोडको पुल अलपत्र « Khabarhub

त्रिवेणीमा १५ करोडको पुल अलपत्र


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले जाजरकोट, डोल्पा र रुकुमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे दुई वर्षदेखि अलपत्र परेको छ। क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्स्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माण कार्य अलपत्र परेको हो।

भेरी करिडोरको बीचमा रहेको यो पुल समयमा निर्माण नहुँदा तल्लो डोल्पाका साथै जुम्ला जोड्ने सडक समेत निर्माण हुन मुस्किल भएको छ। भेरी नदीमा एक सय मिटर लामो पक्की पुल साढे दुई वर्षदेखि काम नगर्दा समस्या हुँदै आएको छ।

तीन जिल्लाको संगम स्थल रहेको त्रिवेणीमा अहिले ठेक्का खरिद गरेको रेट्रो ट्रेक कन्ट्रक्सनले समेत काम नगर्दा पुल निर्माण कार्य अलपत्र परेको छ। १५ करोड रुपैयाँमा उक्त पुल निर्माण गर्ने भन्दै कम्पनीले साढे दुइ वर्ष अघि ठेक्का खोलेको थियो। क्याराभान कन्ट्रक्सनबाट १४ करोड १७ लाखमा कामको जिम्मा लिएको रेट्रो ट्रेक कन्ट्रक्सनले कहिले बर्खा र कहिले जग्गा विवादको कारण देखाउँदै काममा ढिला गरेपछि दैनिक समस्या देखिएको छ।

निर्माणको जिम्मा पाएका कन्ट्रक्सनहरूले विभिन्न बहानामा पुल निर्माणमा ढिलासुस्ती गरेपछि १०६ मेघावाटको जगदुल्ला हाइड्रोपावर निर्माण कार्यसमेत मा समेत बाधा पुग्ने देखिएको छ। हाइड्रोपावरसँग मुआब्जाका विषयमा बारम्बार कुरा गर्दा पनि नपाएको गुनासो जग्गाधनीहरूको छ। हाइड्रोपावर कम्पनीले हजारौँ टन वजन भएका निर्माण सामाग्रीहरू आयोजनास्थलसम्म लैजान भन्दै २०७७ साउनमा टेन्डर खुलाएको थियो।

रेट्रो ट्रेक कन्ट्रक्सनका प्रोपराइटर बादल बुढाले पुलको बेस बनाउने तथा सामाग्रीहरू जम्मा गर्ने काम सुरु भए पनि जग्गा विवादले समस्या आइरहेको बताए। टेन्डर हात पारेको केही समयमै प्रोपराइटर चन्द्र थकालीले तत्काल काम सुरु गर्ने भन्दै आयोजनाबाट ७२ लाख पेस्की रकमसमेत लिइसकेका छन्। पुल समयमै नबन्दा आयोजनाको निर्माण कार्य नै प्रभावित भएको भन्दै डोल्पाका सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्।

जगदुल्ला हाइड्रोपावर कम्पनीले पुल निर्माणमा ढिलासुस्ती गरे कारबाही गर्ने चेतावनी दिएको तीन वर्ष पुग्न लाग्दा पनि कुनै कारबाही गरेको छैन। जगदुल्ला हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख सञ्जय सापकोटाले भने पुल निर्माणमा तदारुकता नदेखाए कारबाही गर्ने बताए।

ठाउँ-ठाउँमा ठेक्का लिँदै अलपत्र पार्दै आएका थकालीले यो पुलको काम समेत अर्कोलाई बिक्री गरेर समस्यामा पारेका छन्। भेरी करिडोरका अधिकांश कामहरु लिएका थकाली सधैँ शक्ति केन्द्र धाउने र काम नगर्ने निर्माण व्यवसायीमा पर्दछन्। उनको नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका केन्द्रीय स्तरका नेतासँग हिमचिम राम्रो रहेको छ। ठेक्काको म्याद थप्दा पनि शक्ति केन्द्रसँग गएर धनसुनले काम हुने गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा समेत उनले कर्णालीका केन्द्रीय नेतालाई आधा करोड चन्दा दिएका थिए।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ८ : ४६ बजे

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको