विश्व सिमसार दिवस : सिमसार क्षेत्र जोगाउन चुनौती « Khabarhub

विश्व सिमसार दिवस : सिमसार क्षेत्र जोगाउन चुनौती


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – आज विश्व सिमसार दिवस मनाइँदै छ। मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन।

पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन। सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए। उनले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताए। “तालतलैया, पोखरीको सांस्कृतिक महत्व पनि छ यो मानवीय परम्परासँग जोडिएको छ।” उनले भने, “कसैले माछा मार्ने, कसैले पूजा गर्नेलगायतका क्रियाकलाप भइरहेका हुन्छन्।”

सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका उनी बताउँछन्। प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यसलाई मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरले बताए।

उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका ताल पुरिन लागेको बताए। “निकुञ्जभित्र हामीले बेला बेला सरसफाइ गर्ने गरेका छौँ ताल पुरिने समस्या छ।” उनले भने, “निकुञ्जभित्र रहेको रानी ताल सुकिसकेको छ।” उनले पानीमा आउने जलकुम्भी सिमसार क्षेत्र ओगट्ने गरेको बताए। सिमसारमा हुने घाँसको तत्वले बर्सातको पानीलाई सोस्ने काम गर्छ जसले गर्दा बाढीलाई समेत रोक्ने संरक्षणकर्मी बताउँछन्।

प्रकृतिको अनुपम उपहार सिमसारले मानव समुदायलाई निःशुल्करुपमा वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको विज्ञान विषयका शिक्षक चेतन बोहरा बताउँछन्। “जैविक विविधता र पारिस्थितिकीय सन्तुलन कायम गर्न पनि सिमसारको महत्वपूर्ण छ यसको संरक्षणमा जोड दिनुपर्छ।” उनले भने, “सिमसार क्षेत्र जोगाउन स्थानीय सरकारले विशेष पहल गर्नु आवश्यक छ।” उनले यहाँका बेतकोट ताल, झिलमिला ताललगायतका सिमसार क्षेत्र पुरिन थालेको बताए।

त्यसैगरी विद्यार्थी रितु जोशीले सिमसार क्षेत्रमा सयौँ जलीय र स्थलिय बोट बिरुवा र जनावर प्रजातिलाई आश्रय दिएको वन विज्ञान प्रतिष्ठान पोखरा क्याम्पसमा अध्ययनरत विद्यार्थी रितु जोशीले बताए। “सिमसार उभयचर र सरीसृप तथा फिरन्ते चराको प्रजननको लागि पनि उत्तिकै महत्वपूर्ण छ।” उनले भने, “सिमसार क्षेत्रले बाढी नियन्त्रणसमेत गर्दछ।” कञ्चनपुरमा रहेका सिमसार क्षेत्र पनि कतै अतिक्रम र कतै बर्सेनि पुरिँदै गएकाले यसको संरक्षणमा ध्यान दिन जरुरी छ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ९ : २४ बजे

एसईई को नतिजा आजै सार्वजनिक हुने

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिषद् एसईईको नतिजा आज

राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दा पढ्दै उठेर हिँडे प्रधानमन्त्री, विरोधमा उत्रिए सांसद

काठमाडौं– प्रतिनिधि सभा र राष्ट्रिय सभाको सोमबार बसेको संयुक्त बैठकमा

गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र

दोलखामा सर्पले डसेको २ घण्टा नबित्दै एक महिलाको मृत्यु

दोलखा- दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–७ की एक महिलाको सर्पदंशबाट मृत्यु

सरकारले कर्णाली, सुदूरपश्चिम मधेश र कोशी प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने

काठमाडौं- सरकारले कर्णाली सुदूरपश्चिम मधेश र कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको