चुनाव अगाडिको गठबन्धन उपयुक्त हुँदैन | Khabarhub Khabarhub

चुनाव अगाडिको गठबन्धन उपयुक्त हुँदैन

यो सरकारमा एक्लो व्यक्तिले केही गर्न सक्दैन


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपालको राजनीति अझ उल्टो बाटोमा अगाडि बढेको देखिन्छ। आर्दशका लागि देशका लागि र जनताका लागि राजनीति हुनु पर्नेमा सत्ताका निम्ति जोसँग पनि मिल्ने जे पनि गर्न तयार हुने क्रियाकलापलाई राजनीति मान्न थालिएको बुझ्न सकिन्छ। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि भने नेकपा (एमाले) झस्किएको अवस्था छ। सत्ताका निम्ती प्रेम र धोकाको राजनीति देशमा देखिएको छ। एक महिना नहुँदै सरकारको भविष्यमाथि प्रश्न उठ्न थालेको छ। अबको राजनीति कसरी अगाडि बढ्छ ? किन राजनीतिक दलमा आदर्श पाइदैन ? यी र यस्तै विषयमा आधारित भएर नेकपा (एमाले)का उप महासचिव विष्णु रिमालसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं सत्तातर्फ किन आकर्षि हुनु भएन ?
हाम्रो पार्टीमा करिब नौ लाख सदस्य छन्। साढे चार सय केन्द्रीय कमिटीमा छन्। सबै सांसद बन्ने सबै मन्त्री बन्ने सबै प्रधानमन्त्री बन्ने भन्ने त्यो सम्भव नै नहुने कुरा हो। मेरो जिम्मेवारी निर्वाचन संयोजन गर्नु हो। मैले त्यो दायित्व पूरा गरेको हो।

तपाईं पार्टी अध्यक्ष केपी ओलीको पछाडि बसेर भूमिका निर्वाह गर्नु हुन्छ भन्ने कत्तिको सत्य हो ?
यो पार्टीमा उपमहासचिवले गर्नुपर्ने सबै काम गर्छु। अध्यक्षलाई सबैले सहयोग गर्नु जरुरी रहेको छ। पार्टीको सचिवालयमा १९ जना छौँ। त्यसमा पनि पदाधिकारी १२ जना छौँ। यो १२ जना भित्र म पनि छु। १९ सय जना मानिस भने अध्यक्षको निगरानीमा रहेर काम गछौँ। अध्यक्षयलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो।

प्रचण्ड र कांग्रेसको गठबन्धनलाई तपाईंले ठग भन्नुभयो। अहिलेको परिवर्तनलाई हेर्दा बनेको गठबन्धन चाहिँ पवित्र छ ?
त्यो ठग बन्धन नै थियो। १७ महिनाको रेकर्ड हेर्ने हो भने हाम्रो अर्थतन्त्रलाई चौपट बनाएको देखिन्छ। अरु कुनै कारण थिएन। सरकारको कार्यशैलीमा अनुशासन र आर्थिक अनुशासनलाई मिच्ने विधि रहेको थियो। त्यसमा सत्ता सञ्चालकको प्रमुख व्यक्तित्वले नियन्त्रण गर्न नसक्नु नै थियो। निर्वाचन भन्दा अगाडिको गठबन्धन उपयुक्त हुँदो रहेनछ र वैचारिक गठबन्धन पनि उपयुक्त नहुने रहेछ। जसकारण चुनाव पछिको गठबन्धन राम्रो र सहज रहन्छ। सत्तामा साझेदारी हुनु आवस्यक छ।

नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन तयार थियो तपाईंहरुले किन सहयोग गर्नु भएन ?
त्यसमा अल्पमतमा रहेर सरकार बन्ने अवस्था थियो। गठबन्धन रहेसम्म कुनै आपत्ति नै रहेन। हाम्रो सिट सुरक्षित छ। जसको कारण समाजमा कुनै असर हुनुभएन। गठबन्धन टुटेपछि भने हामी कुनै पनि विकल्पमा जाँदैनौँ भनेर चेतावनी दिएको नै हो।

अहिलेको गठबन्धन बाध्यात्मक हो ?
तत्काल हुने निर्वाचनलाई पन्साउनको लागि हो। यो भन्दा अरु विकल्प नै थिएन। कांग्रेससँग सबै लिन्छु भन्ने लोभ देखियो। त्यो लोभपछि अर्को बाटोमा जानुपर्ने थियो। चुनाव होस भनेर छोडिदिनु आवस्यक थियो। जनता अहिले इलेक्सनको पक्षमा छैनन्। मुलुकले धान्न सक्दैन भन्ने हिसाबले हेर्नुपर्छ। त्यसपछि हामीले नयाँ विकल्प अपनाएका हौं। हामी मन्त्रालयमा कुनै तानातान गरेका छैनौ। राजनीतिको खेल बुझेर पनि बुझिनसक्नु छ। स्थिरता, आर्थिक अवस्था सुधार र सामाजिक सांस्कृतिक मूल्यमा विकास हुन जरुरी छ। यो तीन वटा कार्यबाट हामीले न्युनतम साझा कार्यमा जान चाहेको हो। सबै कुरा नेपाली कांग्रेसको हातमा थियो। प्रधानमन्त्री खाए पनि साझेदारीमा गए पनि हुने थियो। भनिन्छ नि ‘दिउँसो दिँदा तेल नखाने, राति कोल चाटने’ जस्तो अवस्था भएको छ नेपाली कांग्रेसको।

राष्ट्रपतिमा कांग्रेसको उमेदवारी दिन्छ त्यसबेला प्रचण्डले साथ सहयोग दिनु हुन्छ भन्ने धेरैको अनुमान छ। यसमा तपाईंको विचार के छ ?
यसमा नेपाली कांग्रेसले कुनै पनि योगदान गरेको छैन। एक अनावस्यक ढंङगले मत मात्र दिएको हो। गिलासमा पानी भरी भए पनि कांग्रेसले त्यसमाथि खन्याएको छ। जसकारण कांग्रेसको पक्षमा धेरै कार्य भएका छन्। त्यसमा राम्रा र नराम्रामा ख्याल गर्नु जरुरी रहेको छ। स्थिरताको लागि एमाले र माओवादी केन्द्रसहितको सात दल अगाडि बढे भनेर कांग्रेसले बुझ्नुपर्छ।

तपाईंले भनेको बाटोमा मात्र राजनीति हिँडेको छ ?
मत हिँडेको नै देख्छु। अहिलेको समयमा त्यसमा नै आधारित रहेर लागि परेका छौँ । अबको समयमा हिँडेन भने यसरी नै बसेर छलफल गरौंला।

राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सहयोग गयो भने के हुन्छ ?
त्यो हुँदै नहुने कुरा हो। त्यस विषयमा कुरा नगरेको नै बेस रहन्छ। अहिले सत्ता समीकरण एकातिर छ। नेपाली कांग्रेस एकातिर छ। यसको अन्तिम लडाइँ फागुन २९ गते भन्दा अगाडि चुनाव भइसक्छ। त्यो चुनावको समयमा थाहा हुन्छ।

प्रचण्ड र तपाईंको बीचमा धोकाधडीको कार्य नहुनेमा विश्वस्त हुनुहुन्छ ?
हामीले एक समयमा माओवादी र एमाले मिलाएर पाटी पनि बनाएको छौँ। तर टिकाउन भने नसकेको अवस्था आएको थियो। अहिले हामी पार्टी एकीकरण गरिरहेका छैनौं। यो वामपन्थी सरकार पनि होइन। यो सप्तरंगी छ। यो सहकार्य हो। विश्वास नभए सहकार्य नै हुँदैन।

प्रचण्डलाई बोकेर साथमा ल्याएर गलत गरेको जस्तो भान भएको त छैन ?
सहकार्य हो। यो यही हिसाबको नै प्रयोग भएर अगाडि बढेको छ। एमालेले सधै दुई शक्तिको कुरा गर्दै आएको छ। जुन ‘सेन्टर टु राइट’ र ‘सेन्टर टु लेफ्ट’ हुन्। जसकारण दुई वटा शक्ति बन्नु नेपालको लोकतन्त्रको लागि राम्रो हो।

तपाईंको प्रयास र परिवेशमा प्रचण्डसँगको एकता कतिको रहेको छ ?

२०७५ सालको पार्टी ऐकीकरण गर्न धेरै हतार भएको जस्तो भान भएको छ। त्यसमा विभाजन पनि भयानक रुपमा रहेको अवस्था छ। अहिले हामी सहकार्यमा रहेर अगाडि बढनु जरुरीे छ। माओवादी केन्द्रबाट पनि एक अर्कोको विश्वास जित्ने काम हुन्छ। विश्वास जित्दै जादा कालान्तरमा के हुन्छ भन्न सकिँदैन। त्यसको बारेमा पनि सोच्नु आवस्यक रहन्छ। अहिलेलाई २०७५ सालमा जस्तो एकता हुन्छ भन्ने स्थिति छैन।

सरकारको पद्धति र प्रकृतिमा कतिको लाभदायक र अनुकुल पाउनु भएको छ ?
यो गठबन्धन आफै अनुकुलता हुँदै हँुदैन। यो अस्थिरताको कारण आउने हुँदा एक अर्काको एजेण्डको बारेमा जानकारी हुनु आवस्यक छ। पार्टीसँग प्रतिस्र्पाधामा रहन जरुरी छ। राजनीतिक दर्शनको विषयका कार्य भएको होइन।

यो सरकारमा स्वार्थ समूहमात्र सहभागी भएको आरोप छ। यसमा तपाईं के भन्नु हुन्छ ?
पृष्ठभूमीलाई हेरेर निर्णय गर्नु हुँदैन यसमा स्वार्थ समूह नै भन्नुको औचित्य नरहला जस्तो लाग्छ। यसमा धेरै नजर अन्दाज गरे जस्तो पनि गर्नु हुँदैन।

यो सरकारमा राप्रपाको सहभागिताले गणतन्त्रलाई बलियो बनायो भन्ने लाग्छ कि कमजोर ?
राप्रपाले पनि अहिलेको सविधानलाई स्वीकार गरेको छ। लोकतान्त्रिक गणतन्त्र मानेर आउनु भएको छ। यो संविधान अन्र्तगत काम पनि गर्नु भएको हो। सविधान विपरित काम गरेमा सरकारमा कोही पनि टिक्दैन।

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्त पार्टीको उदयलाई तपाईं के भन्नुहुन्छ ?
पहिले त स्वतन्त्र पार्टीले २० प्रतिशत मात्र मत ल्याउछ भनेको नै हो। अहिले रवि लामिछानेको पाटी अगाडि बढेको छ। यसले गर्दा गठबन्धन पनि बलियो हुँदै गएको छ।

सरकारको रणनीतिमा कतिको परिर्वतन होला जस्तो लाग्छ ?
यो सरकारमा एक्लो व्यक्तिले केही पनि गर्न सक्दैन। इच्छा शक्ति देखाउन सकेमा राम्रो गर्न सकिन्छ। रातारात कायाकल्प हँुदैन। अवस्था फेर्ने भनेको लामो प्रकृयाको. रुपमा रहेको हुन्छ। अहिले सबैको दायित्व भनेको लोकतन्त्रलाई सुदृढ गर्नु आवश्यक छ।

तपाईंले कसरी कदम चाल्दै हुनुहुन्छ ?
सरकारको कार्यका निम्ती प्रकृयामा नै रहेका छौँ। त्यसमा तत्तपर भएर लागि पर्नु आवस्यक रहेको छ। समाजको विकासमा निहित भएर कार्य गर्न म जहिले पनि तयार विश्वासनीय रुपमा लागि परिरहेको हुन्छु। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ९ : ३७ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने