स्कूलका विद्यार्थी पनि छाड्दैन म्यानमारको सेना | Khabarhub Khabarhub

सैनिक शासनको असर

स्कूलका विद्यार्थी पनि छाड्दैन म्यानमारको सेना

क्रुर सैन्य गतिविधिले अन्यौलमा वर्मेली बालबालिकाको भविष्य


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत वर्षको १६ सेप्टेम्बरको दिन विद्यालयबाट फर्कनु अगाडी नौ बर्सिया झिन न्वाइ फ्वाइलाई उनका काकाले चप्पल किनिदिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले बिहान स्कुल जानु अगाडी काकालाई एक कप कफी दिएकी थिइन् ।

म्यानमारको बिचमा रहेको लेट येट कोनमा रहेको विद्यालयमा उनी अध्ययनरत छिन् । त्यस पछि नै काकाले फोन गरेर दुई वटा हेलिकोप्टरले घुमिरहेको जानकारी दिएका थिए । झिन विद्यालय पुगेर शिक्षकलाई भेट्ने बित्तिकै एयरफ्राफ्ट उनी तर्फ गई रहेको थियो ।

उनी सहितका धेरै जना ज्यान जोगाउन भाग दौड गरिरहेका थिए । त्यसै समयमा रकेट विद्यालयमा बज्री हाल्यो । ‘हामीले त के गर्ने भनेर सोच्न पनि सकेनौ’ त्यसै समयमा कक्षमा बसी रहेका एक शिक्षकले भने ।

एक शिक्षकले दिएको जानकारी अनुसार कक्षा कोठाका विद्यार्थीहरू आफूलाई बचाउन बाहिर यत्रतत्र भागी रहेका थिए । ती शिक्षक नै भने सबै विद्यार्थीलाई लिएर एउटा रुखको छेउमा आड लाग्न गएकी थिइन् । एक जना प्रत्यक्षदर्शीका अनुसार विद्यार्थीलाई नै लक्षित गरे झैँ गरी लगातार गरिएका प्रहारका कारण विद्यालयका पर्खालहरूमा प्वालै प्वाल परेको दृश्य प्रस्ट देख्न सकिन्थ्यो ।

त्यस आक्रमणका कारण जमिनमा पनि प्वाल परेको दृश्य सहजै देख्न सकिन्थ्यो । रुसमा निर्मित हेलिकोप्टर “फ्लाइट ट्याङ्क” र “क्रोकोडाइल” प्रयोग गरिएका थिए । ती हेलिकोप्टरबाट नै धेरै हतियार बोकिएका थिए । त्यसमा रेपिड फायर तोप र थुप्रै किसिमका रकेट थिए । त्यसै हेलिकोप्टरका सामग्री सिङ्गो म्यानमारलाई सखाप पार्न पर्याप्त थिए ।

सेनाले नै त्यहाँ घाइते भएका १२ विद्यार्थी र शिक्षकलाई ट्रकमा राखेर परको अस्पतालमा लगेको थियो ।

चीनमा सैनिक सत्ताले निर्वाचित आङ साङ सुचीको सरकारलाई अपदस्थ गर्दै आफूले सत्ता चलाएको दुई वर्ष हुन आँटेको छ । यो दुई वर्ष नै म्यानमारको समय भनेको गृह युद्धको समयको रूपमा व्यतीत भएको छ । तर, डरलाग्दो हवाई आक्रमण यस भन्दा अगाडी भएकै थिएन । अहिलेको आक्रमण साँच्चै डरलाग्दो नै हो । रुस र चीनमा बनेका एयरक्राफ्ट र ७० हेलिकोप्टर अहिलेको युद्धमा प्रयोग भएका छन् ।

त्यस किसिमको हवाई आक्रमणमा मर्नेको सङ्ख्या भने यकिन नै छैन । पछिल्लो समय विदेशी नियोगका व्यक्तिmको म्यानमारका सक्रियता घट्दो छ । त्यस विद्यालयमा भएको दुर्घटनाका बारे सबै तथ्यांक लिनका लागि अझ केही समय लाग्न सक्ने छ । प्रत्यक्षदर्शीकै अनुसार त्यस दिन लगातार ३० मिनेट आक्रमण भएको थियो ।

त्यस पछि अर्को हेलिकोप्टरबाट सेनाहरू त्यहाँ झरेका थिए । केही भने अझै प्रहार गर्न तल्लीन थिए । बाँच्नेहरू बिस्तारै बाहिर निस्कन थालेका थिए । उनीहरूलाई माथि हेरेमा मारिने चेतावनी दिइएको थियो । त्यस पछि सेनाले त्यस गाउँमा कुनै विपक्षी शक्ति, आएको या नआएको भन्दै सोधपुछ गरेका थिए ।

विद्यालयको मूल भवनको कोठामा तीन जना विद्यार्थी मारिएको भेटिएका थिए । तीनै मध्यको एक झिन न्वाइ फ्वाइ थिइन् । अर्का सात बर्सिया सु याती हालीग थिए भने उनकी दिदी पनि त्यहीँ मारिएकी थिइन् ।

सेनाले प्लास्टिकका साना प्याकेट ती मृतहरूको शवको टुक्रा जम्मा गर्न प्रयोग गरेका थिए । सेनाले नै त्यहाँ घाइते भएका १२ विद्यार्थी र शिक्षकलाई ट्रकमा राखेर परको अस्पतालमा लगेको थियो । घाइते मध्यका दुई बच्चाको पनि केही समयमै मृत्यु भएको थियो । त्यसै समयमा गाउँमा अर्को हमला भएको थियो । सो हमलामा मा एक टिनएजर सहित ६ जना वयस्कको ज्यान एकै पटक गएको थियो ।

आर्मड कन्फ्लीक्ट लोकेसन एन्ड इभेन्ट डाटा प्रोजेक्ट (एक्लेड)का अनुसार सन् २०२१ को फेब्रुअरी देखि सन् २०२३ को जनवरीसम्म ६ सय हवाई आक्रमण भएका थिए ।

म्यानमार त्यही देश हो । जुन देश इतिहासको कालखण्ड देखि नै विभिन्न युद्धले पीडित छ । कुनै समय बर्माको नामले चिनिने त्यस देश सने १९४८ मा स्वतन्त्र भएको थियो । त्यसै समय देखि कुनै न कुनै रूपमा हतियार धारी समूहको कारण त्यहाँको जीवन अशान्त नै बनेको इतिहास छ ।

विगतको युद्ध भन्दा अहिले परिस्थिति फेरिएको छ । विगतको गृह युद्धको समयमा अहिलेको जस्तो युद्ध प्रविधिको प्रयोग भएको थिएन ।
सन् २०१२ मा कान्ची प्रान्तमा पहिलो पटक मि ३५ बन्दुक प्रयोग भएको थियो । विद्रोहीको विरुद्धमा सेनाले त्यसै समयमा हवाई आक्रमण पहिलो पटक गरेको हो । सान र राहिने प्रान्तमा विगतमा पनि सेनाले फाट्टफुट्ट हवाई आक्रमण गरेको थियो । तथापि ती सबै आक्रमण प्रविधिको धेरै प्रयोग भएको थिएन ।

सन् २०२१ बाट अवस्था फेरिएको छ । पिपुल्स डिफेन्स फोर्सको नामबाट चिनिने पीडीएफप र सेनाको झडपका कारण हरेक दिन बाटोमा जो कोही पनि एम्बुसमा पर्ने जोखिम बढेको छ । सेनाले सत्ता लिए पछि जनस्तरबाट यसको प्रतिकार गर्न सशस्त्र समूहको रूपमा पिडीएफको गठन भएको हो ।

विपक्षी समूह भने सेना जस्तो विकसित स्वरूपमा छैन । यो अन्यको सहयोगमा नै चलेको छ । यो समूह जमिनमा आक्रमण गर्न नै व्यस्त छ । यदाकदा यसले मोबाइल अपरेसन पनि गरेका थियो ।

आर्मड कन्फ्लीक्ट लोकेसन एन्ड इभेन्ट डाटा प्रोजेक्ट (एक्लेड)का अनुसार सन् २०२१ को फेब्रुअरी देखि सन् २०२३ को जनवरीसम्म ६ सय हवाई आक्रमण भएका थिए । ती हरेक आक्रमणबाट मर्नेको सङ्ख्या कसैले राखेको छैन । अर्को एक संस्थाको दाबी अनुसार सन् २०२१ को अक्टोबर देखि सन् २०२२ को सेप्टेम्बरसम्मका १ सय ५५ जनाको ज्यान गएको थियो ।

विद्रोह समूह हतियारमा धेरै सुसज्जित छैन । उनीहरूका सामु सेनाको हवाई आक्रमणका सामु जोरी खोज्न बहुतै कठिन हो । उनीहरूको एक किसिमको ड्रोनको भने व्यवस्था गरेका छन् । ती ड्रोन आक्रमणले सेनाको भ्यान र सेनको पोस्टमा आक्रमण गर्ने मात्र हो । यसको धेरै असर भने परेको छैन ।

दुई वर्ष अघिको सैन्य हस्तक्षेप पछि म्यानमारको जीवन फरक शैलीमा प्रवेश गरेको छ । सुरुवाती दिनमा सडकमा उत्रिएर सैन्य सरकारको राजीनामा र निर्वाचित सरकारको पुर्न स्थापनाको माग गर्दै विद्रोह भएको थियो ।

३ हजार जना बसोबास गर्ने त्यस गरिब बस्ती लेट येट कोनमा नै सेनाले किन निसाना बनाएको भन्ने त रहस्यको विषय बनेको छ । त्यहाँ धेरै धान तथा बदामको खेती गर्ने किसानहरू बसोबास गर्छन् । मनसुन भन्दा बाहेकको समयमा वर्षा नहुने त्यस सुख्खा स्थानमा धेरै जसो त बदामकै भर हो ।

त्यसै जिल्लामा रहेको दिपायनमा धेरै पटक विद्रोही समूह र सेनाको बिचमा झडप भएको थियो । त्यहाँका स्थानीयवासी अहिले लेट टेट कोन लगातारको त्यो आक्रमणको कारण पत्ता लगाउन मेहनत गरी रहेका छन् ।

त्यस दिन पछि पनि सेना हरेकको घरमा गएर पिडीएफ तथा काचिन इन्डीपेन्डेन्स आर्मी (केआईए)को सेना आएको या नआएको भन्दै खानतलासी लिन पुगेको थियो । बौद्ध समुदायले तीन महिना अगाडी मात्र यस विद्यालयको स्थापना गरेको थियो । त्यहाँ २ सय ४० जना विद्यार्थी अध्ययन गरी रहेका थिए ।

दिपायनमा यो सहित १ सय विद्यालय छन् । ती त्यहाँको सैन्य शासन भन्दा पृथक् ढङ्गले सञ्चालन भएका छन् ।

दुई वर्ष अघिको सैन्य हस्तक्षेप पछि म्यानमारको जीवन फरक शैलीमा प्रवेश गरेको छ । सुरुवाती दिनमा सडकमा उत्रिएर सैन्य सरकारको राजीनामा र निर्वाचित सरकारको पुर्न स्थापनाको माग गर्दै विद्रोह भएको थियो ।

त्यस विद्रोहले सैन्य सत्तालाई प्रभाव पार्न नसक्ने भए पछि सशस्त्र समूहको स्थापना भएको हो । त्यो सशस्त्र समूह पनि सैन्य सरकारको अगाडी कमजोर छ । युद्धका विविध घटनामध्येको विद्यालयमा नै भएको यो पछिल्लो घटना भने निःसन्देह दुखद नै हो ।

(श्रोत : बीबीसी, सीएनएन)

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १० : १८ बजे

फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र

बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका

खुमलटारमा रवीन्द्र मिश्र, प्रचण्डलाई भने : राजतन्त्र नफर्काए देश विस्फोटतिर जाँदैछ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय

नेप्से २४ सय अंकबाट पनि तल झर्‍यो

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४ सय अंक तल झरेको

कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

मोरङ– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी