गृह छोडेर पनि रवि सरकारमा आउन सक्छन् | Khabarhub Khabarhub

गृह छोडेर पनि रवि सरकारमा आउन सक्छन्

‘राष्ट्रपतिमा कांग्रेस हाबी भएको छ’


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति निर्वाचनसम्म राष्ट्रिय सहमतिको उम्मेदवार खोज्ने विषयमा सत्ता गठबन्धनका दलबीच शंका र उपशंका व्यक्त हुन थालेका छन्। नेकपा (माओवादी केन्द्र)को प्रयास र यसमा नेकपा (एमाले)ले लिएको अडान जुन पहिलेको सहमति अनुरूप प्रधानमन्त्री माओवादी केन्द्रले लिइसकेको छ। सभामुख र राष्ट्रपति एमालेले लिने भनेको छ। यसमा नेपाली कांग्रेस पनि आफ्नोतर्फबाट केही पहल गरिरहेको छ ? एमालेलाई राष्ट्रपति दिन उ तयार छ वा उसले यसमा आफ्नो केही उपस्थिति खोजी रहेको छ। यो विषय शंकाको केन्द्रमा छ। सरकार गठन भएको एक महिनामै सत्ता गठबन्धनको एउटा घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र सांसद पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको नागरिकताको सम्बन्धमा सर्वोच्च अदालतबाट आएको फैसलाले अर्को तरंग ल्याएको छ। नागरिकता पुन प्राप्तिपछि देखिएको राजनीतिक लामिछानेले पुनःगृहमन्त्री बन्नको लागि प्रयास जारी राखेका छन्। यसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार हुन सकेका छैनन्। तर एमाले अध्यक्ष तयार भए जस्तो देखिन्छ। यसले गर्दा राजनीतिमा कस्तो संकट उत्पन्न होला ? यसै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक जैनेन्द्र जीवनसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

सत्ता गठबन्धनमा संकट आउन लागेको हो ?
रास्वपाको कुरा बेग्लै हो। त्यसैको कारणले सत्ता गठबन्धनमा संकट आउला जस्तो लाग्दैन। राष्ट्रपतिको कुरामा प्रधानमन्त्रीले अडिग भएर एमालेलाई नदिने भनेको छ। विगतको अनुभव हेरेर एमालेको उम्मेदवार राष्ट्रपति आउँदा गठबन्धनलाई असहज होला कि भनेर यो सवाल आएको हो। राष्ट्रपति विषयलाई लिएर प्रचण्ड, ओली र देउवाबाहेक अरू कसैलाई पनि भित्री कुरा थाहा छैन। मेरो उम्मेदवार यो भनेर कसैले भनेको छैन। सबै कुरा गुमाएपछि यो एउटा भए पनि रहोस् भनेर देउवाले अन्तिममा आएर यो गर्नुभयो। आफूलाई सजिलो होस भनेर एमालेको उम्मेदवार नआओस् भन्ने प्रचण्डको चाहना हुनसक्छ। रविको कुरामा अदालतले सबै हेरेर निर्णय गरेको छ र त्यो ठिक छ। रविको शैली राजनीतिक शैलीसँग सहमत छैन। अदालतमा मुद्दा चलिरहेको छ तर मिडिया र जनताले यही फैसला आउनु पर्छ भनेका छन्। अहिले उहाँले गृह मन्त्रालय लिन जबरजस्ती गर्नु भएको छ त्यो गलत हो। ठूला दलको वर्चस्व हुँदा हुँदै पनि आएको एउटा नयाँ पुस्ताको मतलाई कदर गर्नु पर्दछ। कानुनले नरोकेसम्म त्यो मान्छेलाई सरकारमा आउन दिनु पर्दछ। अब भोलि राहदानीको मुद्दा चल्छ त्यो पनि ठिक छ। तर उहाँले गृह मन्त्रालय लिनु हुँदैन। वास्तवमा पहिला प्रधानमन्त्रीको नै दोष थियो। स्वार्थ बाँझिएको व्यक्तिलाई सम्बन्धित मन्त्रालय दिनु हुँदैन भनेर भन्दा भन्दै दिनु भनेको गलत हो। त्यो बेला प्रधानमन्त्रीले विश्वासको मत पुग्दैन भनेर डरैडरमा जसले ले जे माग्यो त्यो दिनु भयो। तर अहिले अलिअलि सहज ठाउँमा हुनुहुन्छ। त्यही भएर गृह दिन्न भन्नु भएको होला।

बालकोटबाट रविलाई गृहमन्त्री बनाउँदा केही हुँदैन भन्ने कुरा पनि आयो। प्रचण्ड गरम ओली नरम हुनुको कारण के होला ?
हिजो रवि लामिछानेले गृह मन्त्रालय छोडे। पुरानै सहमति अनुसार फेरि आएर सहमति बमोजिम हामी पनि राष्ट्रपति हुनु पर्दछ भन्नलाई हो। अर्कोले उकासेको पनि हुनसक्छ प्रचण्डले पनि राष्ट्रपति अरूलाई दिने भने पछि एमालेलाई प्रचण्डले दबाब गरेका हुन्। विश्वासको मत कांग्रेससँग लिएपछि झन् डर पैदा भएको छ। एमालेले भोलि सरकारको समर्थन फिर्ता लियो हो भने कांग्रेस तुरुन्त जुन ढोकाबाट एमाले बाहिर जान्छ त्यो ढोकाबाट छिर्छ। एमाले नभए पनि यो सरकार ढल्दैन।

नेतृत्वमा व्यक्तिवादी शैली देखिन्छ। आफ्नै दलको व्यक्तिले गरेको गल्ती स्वीकार गरेको छैन। यसलाई कसरी बुझ्ने ?
रास्वपाले सरकार छोड्ला जस्तो लाग्दैन। छोडेर अल्पमतमा नै सरकार पुग्यो भने पनि कांग्रेस कुरेर बसेको छ र यो सरकार ढल्दैन। यो पार्टीको कुराले मात्र यो सरकार ढल्दैन। उसलाई भनेको चिज दिएको छ। उसकै गल्तीले गएको हो। आजको मितिसम्म हेर्ने हो भने पार्टी निर्माण गर्ने आन्तरिक लोकतन्त्रको अभ्यास हुने संरचना बनाउने काम भएको देखिँदैन। सबैमा रवि हाबी हुने आफैले निर्णय गर्ने आफै कार्यान्वयन नगर्ने देखियो। राजनीतिक अनुभव नभएपछि अरूबाट सिक्नुपर्छ।

रास्वपालाई सरकार निर्माण गर्दा जे सहमति गरियो त्यो अनुरूप रविलाई छोडेर अर्को व्यक्तिलाई मन्त्री दिन प्रचण्ड सहमत होलान् ?
त्यसमा सहमति होलान्। गृह मन्त्रालय नदिने भए अरूलाई मन्त्री बनाएर रवि सरकारमा रहन पनि सक्छ।

गृह मन्त्रालय नदिई अरू दिँदा प्रचण्डले सही गरेको हुन्छ ?
गृह मन्त्रालय प्रायः प्रधानमन्त्री जुन दलको हो त्यसको र अर्को जुन वर्चस्व कायम भएको ठूलो दल छ वा जुन दलको समर्थनमा सरकार बनेको छ। अहिलेको अवस्थामा एमाले वा प्रधानमन्त्रीको दलले लिने परम्परा छ। त्यो हिसाबले यिनीलाई सुपर मन्त्रालय भनिएको हो। त्यस कारणले मैले गृह दिएर गल्ती भयो भन्ने भएको होला। एमालेले पनि मैले गर्दा दिएको हो भन्ने वातावरण होस् भन्ने होला।

गृह मन्त्रालय रविलाई दिँदा एमालेलाई के सहयोग हुन्थ्यो ?
प्रचण्डले मानेका थिएनन्, मैले बनाएको हो भन्ने वातावरण हुन्छ भन्ने एमालेको सोच देखिन्छ। सबै तिर सक्रिय उपस्थित भएको दल हो एमाले। त्यसैले आफूले बनाउँदा आफ्नै दलको जस्तो होला। धेरै मैले भने जस्तो हुन्छ भन्ने होला।

अरू मन्त्रालय दिँदा रवि लामिछाने सही हुने हो ?
हुँदैन, रविको आलोचना गर्नेले पनि अरूमा ठिक छ भनेको छन्। नैतिकताको हिसाबले उनी कुनै मन्त्रालयमा जानु हुँदैन। ६ महिना भित्र मन्त्री नै हुन पाउँदैनन्। उनको विरोध पनि एकदम छाडा छ र समर्थन पनि मिल्दै नमिल्ने छ।

रविको छवि धेरैको उद्धार गरेको र पार्टी निर्माण गरेको थोरै समयमा यति धेरै बहुमत ल्याएको पार्टी उनीसँग जोडिएको विषय छताछुल्ल भएको भएको छ। त्यसैमा लुटपुटिएको नेतृत्व र बाहिर बस्ने सबैले गाली गर्न सकेका छैनन् यो के कारणले भएको हो ?
गैर राजनीतिक व्यक्ति पनि लागेका छन्। उनीहरूको दृष्टिकोण फरक छ। यिनीहरूले कि भगवान् मान्छन् कि दैत्य नै मान्छन्। यो एक महिना भित्र नराम्रो काम पनि गरेको छैनन्। पहिलाको कुरालाई ल्याएर अहिले बोल्न मिल्दैन।

एमालेले लक्ष्मी महतो कोइरीको विषयमा गृहमन्त्री बन्दा थामथुम पारेको देखे पनि नदेखे जस्तो गरेको कारणले त्यसको जस लिन रविलाई फेरि ल्याउन चाहेको हो ?
केही हदसम्म नहोला भन्न सकिँदैन। गृह मन्त्रालयबाट विज्ञप्ति निकालेर त्यो चिठी प्रहरी प्रधान कार्यालय पुर्याउने यस्तो नाटक गर्नु जरुरी थिएन। यसलाई कसैले छोड्दैनन्। एउटा मुद्दा चलिरहेको मान्छेलाई त्यसो गर्नु भएन। यस्तो दबाब दिनु राम्रो पनि होइन।

माओवादीको गृहमन्त्री भए राम्रो हुन्छ त ?
माओवादी पनि नीति नियम अनुसार काम गर्ने होइन। अब सबै दल बसेर यो सबै सच्याएर जानु पर्दछ। नभए चुनाव परिणाम सधै यस्तै आउँछ। यो गठबन्धनको आयु प्रचण्डको खुबीमा भर पर्दछ।

राष्ट्रपति एमालेले नपाए के गर्ला ?
एमाले र ओली जस्तो चतुर खेलाडीले यो सरकार छोडेर जाँदैनन्। राष्ट्रपति कांग्रेसको पार्टी नै हाबी भएको छ। कांग्रेसमा कृष्ण सिटौलालाई माओवादीले पनि मान्छ रे ! रामचन्द्र पौडेलको भित्री कुरा मिलाउने क्रममा कमजोर देखिन्छ। गैर व्यक्तिमा पनि कसैलाई पनि आपत्ति नहुने मान्छे ल्याउन सकिन्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १२ : ०० बजे

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । दमक

बाढीपीडितलाई रोशी गाउँपालिकाको सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिकाले बाढीपीडितलाई सघाउन चालु आर्थिक वर्षको बजेट

सवारी दुर्घटनामा एकजनाको मृत्यु

डोटी– शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको

नेसन्स कप : विपक्षीको पोस्टमा जर्मनीले गर्‍यो सात गोल

काठमाडौँ – युरोपेली नेसन्स कप अन्तरगत शनिबार भएको भएको समूह

लमजुङ दरबार निर्माणको काम ठप्प

लमजुङ– बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ