भेटिन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर « Khabarhub

भेटिन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर


२० कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

गुलरिया– मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुतही जस्ता माछा प्रजातिका जलचर पाइन छाडेका छन् ।

बढैयाताल गाँउपालिका–५ जगतियाका ६० वर्षीय बलीराम थारूले भने, ‘पहिले धेरै मात्रमा घोंगी, गङ्गटा, सुतही पाइन्थे । अहिले पाइनै छाडे ।’

आधुनिक खेती प्रणालीले गर्दा खेतमा रासायनिक मल र विषादीको प्रयोग बढ्न थालेपछि खेत, नदी, खोलामै यी प्रजाति मासिन थालेको उनको अनुमान छ । सिमसार र तालतलैयामा पानी कम हुनु, सुख्खा क्षेत्र बढ्नुले पनि यी माछाका प्रजातिहरू कम हुँदै गएको हुनसक्ने उनी बताउँछन्।

पहिले स्थानीयले जाल तथा हेल्का वा हातले माछाको सिकार गर्थे । हिजोआज नदी, खोलानालाहरुमा विष हाल्ने, करेन्ट लगाउने चलन बढेपछि माछाका प्रजाति फस्टाउन नसकेको स्थानीय बताउँछन् । नेपालकै ठुलो ताल भनिने बढैयाताल १०७ विगाहमा फैलिएको छ । यो तालमा समेत दोहन हुन थालेपछि घोंगी, गङ्गटा, सुतही पाइन छाडेका छन् ।
 
बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीका अनुसार पहिलेको तुलनामा अहिले थोरै मात्रामा यी प्रजाति पाइन्छन् । 

‘तालमा पानी सुक्दै गएको छ, यहाँ आउने धेरै चराहरूले आहारा नपाउँदा चराहरूको बासस्थान समेत पाइन छोडेको छ । तालमा चराका चिरबिर आवाज पनि सुनिन छाडेको छ ।’

अर्कोतर्फ यसको संरक्षण भन्दा पनि बढी यस्ता प्रजाति मारेर बिक्री गर्ने चलन बढेपछि उनीहरूको बासस्थान नै मासिन थालेका हुन् । घोंगी, गङ्गटा, सुतहीको परिकार स्थानीय घरबास (होमस्टे) हरूमा पाहुनाका लागि आकर्षण भएपछि सिकारीहरू व्यावसायिक रूपमै यसको सिकार गर्न थालेका छन् । 

यस क्षेत्रमा दुई थरिका घोंगी पाइन्छन् । गङ्गटा पाँच थरीका र सुतही दुई थरीका पाइन्छन् । बालविशेषज्ञ डा विश्वनाथ यादवका अनुसार घोंगी, गङ्गटा सुतहीमा प्रोटिन, क्याल्सियम पाइन्छ । जसले ग्यास्ट्राइटिसका लागिसमेत औषधिको काम गर्छ । हड्डी बलियो बनाउँछ । यिनै विशेषता बारे थाहा भएकाले पनि हुनसक्छ यसको उपभोग वृद्धि भइ यस्ता जलचर मासिन थालेको डा यादव बताउँछन्। 

माछा प्रजातिका यी जलचरहरू लोप हुने क्रममा पुगेको एकीकृत कृषि विकास तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारी बताउँछन्। उनले भने, ‘पहिले जस्तो खेती प्रणाली छैन । धानमा रासायनिक मलको प्रयोग गर्नु, विषादी प्रयोग गर्नु, नदी नालाहरुमा डोजर लगाएर ढुङ्गा गिट्टी उत्खन्न गर्दा यी प्रजातिको बासस्थानमा समेत खलल पुगेको छ ।’

उनले विगतमाझैँ पानी पर्न छाडेपछि सिमसार क्षेत्र मासिँदा जलचरहरू मासिन थालेको बताए। पहिलेका तुलनामा हिजाआज १० प्रतिशत मात्र घोंगी पाइने उनको भनाइ छ । सरोकारवालाहरु भने माछा प्रजातिका यी जलचरहरुको संरक्षण गर्नुपर्ने बताउँछन् ।
 

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  १ : ३४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५