रविको सत्तास्वार्थले युवा राजनीतिमा निराशा « Khabarhub

रविको सत्तास्वार्थले युवा राजनीतिमा निराशा


१९ माघ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रवि लामिछानेले गृहमन्त्रालयको दाबी नछाड्दा युवा राजनीतिमा निराशा थपिएको छ । स्वतन्त्र पार्टीकै युवा नेताहरू पछिल्लो समय रविप्रति आक्रोशित देखिएका छन् । युवा सांसदहरू लामो राजनीतिमा होमिएका बेला रवि लामिछानेले भने केवल गृहमन्त्रालयमा दाबी गरेर युवा नेताहरुप्रतिको आश र भरोसा तोडिरहेको प्रतिक्रिया बाहिरिन थालेको हो ।

पछिल्लो केही दिनयता रवि लामिछाने निरन्तर चर्चामा छन् । उनका समाचार हेडलाइन धेरै बनिरहेका छन् । देशव्यापी संगठन नभएका बेला उनले निर्माण गरेको पार्टीले रातारात चर्चा र सफलता पाएको छ ।

यस्तो अवस्थामा उनीप्रतिको आश र भरोसा जोडिनु स्वभाविक छ । तर पनि रविले पार्टीभित्र र बाहिर केवल यतिबेला आफूलाई सत्ता केन्द्रित देखाइरहेका छन् । यसले ढिलोचाँडो रविको पार्टीमा विग्रह ल्याउने सम्भावना देखिएको छ ।

अहिले पनि बाहिर रविको बारेमा आएका समाचार तथा उनले गृहमन्त्रालयका लागि गरिरहेको मरिहत्ते सामान्य देखिएको छैन । यसले गर्दा उनको पार्टीका नेता कार्यकर्तालाई पार्टी नेतृत्वको बचाउ गर्न निकै हम्मे बनाएको छ ।

नेपाली राजनीतिमा पहिलेदेखि अहिलेसम्मका नेताहरू केवल सत्ता स्वार्थमा बढी दौडधुप गरिरहेको प्रवृत्ति नौलो होइन । यसबाट आम नागरिक निराश देखिएका छन् । रविको पार्टीबाट पनि आम मानिस निराश हुनु भनेको राजनीतिप्रति फेरि पनि वितृष्णा बढ्नु हो ।

देशमै के गरौँ भन्ने युवा, विदेशमा रहेका युवा र लामो समय राजनीतिमा होमिन चाहेका युवाका लागि यतिबेला रवि रोलमोडेल हुन् । राजनीतिमा केही गरौँ भन्ने युवाका लागि सही समय छ । तर यसका लागि केही न केही गरौँ भन्ने युवाका लागि रविको पार्टी एउटा सही विकल्प बन्न सक्थ्यो ।

तर जसैगरी दुःख दिएर रविको पार्टीमा लागेका युवा नेताहरूलाई निराश बनाउन अन्य राजनीतिक दलका नेताहरू सक्रिय हुने सम्भावना रहेका बेला रवि नै पार्टीप्रति अनुदार भएर केवल सत्ता स्वार्थमा दौडिनु राम्रो होइन ।

यसले उनको राजनीतिक दौडमा धेरै कुराको अर्थ राख्ने हुँदाहुँदै पनि केवल गृहमन्त्रालयको पछाडि दौडिनु राम्रो हुँदै होइन । यसले उनको जीवनमा केही न केही ठूलै अर्थ राख्छ । राजनीतिक रुपमा ठूलो समस्या हुन्छ । तर पनि यो निराशाभन्दा बढी आशा राख्ने बेला हो ।

तर आशाको एउटा दियो जलेका बेला लामो राजनीतिक सम्भावना छाडेर केवल सत्ता स्वार्थको पछि दौडिनु रविका लागि नैतिक विषय होइन । ठूला पार्टीहरु एमाले, कांग्रेस र माओवादी केवल सत्ता स्वार्थमा लागेका बेला रविजस्ता युवाहरू देश बनाउने अभियानमा होमिनुपर्ने टड्कारो आवश्यकता भएपनि यसतर्फ पुरै बेवास्ता गर्नु रविकै लागि ठूलो घाटाको विषय हो ।

रवि जतिदिन सत्ताका लागि बालकोट र बालुवाटार धाइरहेका छन्, त्यति दिन नै स्वतन्त्र पार्टीको एउटा उचाइ घट्दै गएको छ । रविको पार्टीका नेता तथा कार्यकर्ता पनि पुरानै प्रवृत्तिमा होमिएको दृश्य देख्न सकिन्छ । यसले रविको पार्टीमा भोलि विग्रह मात्रै होइन, आगामी दिनमा यसले आम नागरिकको आशामा निराशा पनि थपिएको छ ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १ : २१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का