रोगले केराको बोट सुक्न थालेपछि निजगढका किसान चिन्तित « Khabarhub

रोगले केराको बोट सुक्न थालेपछि निजगढका किसान चिन्तित


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बारा – केराको बोट सुक्ने रोग लागेपछि निजगढ नगरपालिकाको सिंगौलका केरा खेती गर्ने कृषकहरु चिन्तित बनेका छन्। केराको पात पहेँलो हुने बोटसमेत सुकेर मर्न थालेपछि स्थानीय किसानहरूमा चिन्ता बढ्न थालेको हो।

रोग लागेर बोट सुक्न थालेपछि भर्खर पसाएको केराको काइँयोमा समेत साना कोसा लाग्ने र नसप्रिने समस्या देखिएको किसानहरूले बताएका छन्। यो रोग पहिलेदेखि केरा खेती गरिएको जमिनमा कम देखिएको भए पनि नयाँ खेतीमा भने प्रकोपको रूपमा देखा परेको किसानहरूले बताएका छन्।

रोग लागेर केरामा क्षति भए पनि लगानीसमेत नउठ्ने देखेर किसानहरू चिन्तित बनेका छन्। परम्परागत खेती गर्दै आएका सिंगौलका अधिकांश किसानहरू केही वर्षदेखि केरा खेतीतर्फ आकर्षित बनेका थिए।

सिंगौलमा हाल ८५ प्रतिशत किसानले केरा खेती गर्दै आएका छन्। केही किसानहरूले भने अर्का जमिन भाडामा लिएर पनि केरा खेती गर्दै आएका छन्। उनीहरुले प्रतिकट्टा ५ देखि ७ हजारसम्म वार्षिक रकम तिरेर खेती गर्दै आएको स्थानीय रामबाबु बुढाथोकीले बताए।

केरा बिक्रीबाट सिंगौलमा मात्रै वार्षिक २ करोडभन्दा बढी रुपैयाँ भित्रिने गरेको तर रोगले मर्न थालेपछि किसानलाई ठूलो क्षति हुने देखिएको अर्का स्थानीय किसान कमल गुरागाईंले बताए। उनका अनुसार निजगढ नगरपालिका कार्यालयमा केरा विशेषज्ञ नहुँदा किसानले थप समस्या बेहोर्नुपरेको परेको छ।

कृषि ज्ञान केन्द्र निजगढले निजगढ नगरपालिकाको निजगढ र सिंगौलको केही भागमा केरा पकेट क्षेत्र घोषणा गरेको भए पनि कार्यालयले केरा किसानलाई खासै सहयोग गर्न नसकेको किसानहरूले गुनासो गर्दै आएका छन्।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ११ : ४७ बजे

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

लुम्बिनी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी