म्याग्दीबाट बीस करोडको सुन्तला निकासी  « Khabarhub

म्याग्दीबाट बीस करोडको सुन्तला निकासी 


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको जानकारी दिए । 

‘सरदर प्रतिकिलो ६० का दरले २० करोड मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौँ’, उनले भने ‘अनुकूल मौसम र रोग किराको समस्या नभएको तथा फल दिने बोटसँगै उत्पादन पनि बढेको छ ।’

जिल्लाको राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दाबढी सुन्तला बगैँचा छन् । सात सय छ हेक्टरमा सुन्तला जात फलफूलको खेती भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । कृषि ज्ञानकेन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए । 

सुन्तला जोन कार्यालय म्याग्दीकी नायब प्राविधिक सहायक रुपा विकले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताइन्। गत वर्ष दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा १३ करोड भित्रिएको थियो । मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो । 

व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुगेका थिए । वर्षमा १० मुरी धान फल्ने खेतमा चार सय बिरुवा सुन्तला लगाएकी हुमेनले यसपाली बगैँचाबाटै रु सात लाख मूल्य बराबरको सुन्तला बिक्री भएको बताइन् । ‘छोरा विदेशिए, छोरिको बिहे भएपछि बाँझिएको खेतमा झाडी फाडेर कानको चार तोला सुन बेचेर खाल्डा खनी सुन्तलाका बिरुवा किनेर रोपेको थिए’, उनले भनिन्, ‘सुन बेचेर रोपेको सुन्तलाले सुनै फलाएको छ ।’

सुन्तला टिपेर बजार पठाएपछि कृषक बगैँचा व्यवस्थापनको तयारीमा जुटेका छन् । मल हाल्ने, सिँचाइ गर्ने, मल्चिङ गर्ने, बोडोपेस्ट लगाउने र हाँगा काँटछाँट गर्ने काममा व्यस्त भएको कृषकले बताएका छन् । 

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  २ : ०५ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको