गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत « Khabarhub

 गण्डकी प्रदेशसभा : दुई अध्यादेश स्वीकृत


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशसभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले अध्यादेशलाई स्वीकृत गरियोस् भन्दै गरेको प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो । आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले पृथ्वीराजमार्गको पोखरा मुग्लिन सडकखण्ड निर्माण भइरहेका अवस्थामा बाटोमा पर्ने बिजुलीका पोलले समस्या पारेको भन्दै उक्त पोल चाँडो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । 

अर्का सदस्य कुसुम बुढा पुनले मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र अवस्थामा रहेको र पटक-पटक म्याद थप हुने र काममा ढिलासुस्ती हुने गरेको जनगुनासो बढेको बताइन् । शून्य समयमा सदस्य चम्पादेवी खड्का, जीतप्रकाश आले मगर, दोर्णकुमार कुँवर, फणिन्द्र देवकोटा, विकल शेरचन, विमला गौचन, सरस्वती अर्याल तिवारी र सुधीरकुमार पौडेलले समसामयिक विभिन्न विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानाकर्षण गराएका थिए।

बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य सरस्वती गुरुङले आफ्नै आम्दानीमा प्रदेश चल्ने किसिमको वातावरण निर्माणका लागि सबै जुट्नुपर्ने आवश्यकता औँल्याइन् । अर्का सदस्य जीतबहादुर शेरचनले प्रदेशमा उत्पादनमा जोड दिँदै समृद्धि हासिल गर्नेतर्फ लाग्नु जरुरी रहेको बताए । महेश भट्टराईले जनचाहना अनुरूप आर्थिक समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता औँल्याए ।

विशेष समयमा सदस्य भक्तबहादुर कुँवरले नन्दप्रसाद न्यौपाने, सुशीला सिम्खडा, विन्दु अधिकारी पहाडी, भोजराज अर्याल, गणेशमान गुरुङ, दमयन्ती रुचाल र दिलमाया पौवीले बोलेका थिए । अर्को बैठक माघ २० गते दिनको १ बजे बस्नेछ । 

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ४ : १२ बजे

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए

गाजा – इजरायली सेनाको ड्रोन आक्रमणमा अल जजिरा मुबासेरका संवाददाता

धवलागिरी क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

बागलुङ– बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह