युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए « Khabarhub

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गाजा – इजरायली सेनाको ड्रोन आक्रमणमा अल जजिरा मुबासेरका संवाददाता मोहम्मद विसाहको मृत्यु भएको छ । गाजा सहरको पश्चिमी क्षेत्रमा बुधबार भएको उक्त आक्रमणमा उनको ज्यान गएको हो ।

सन् २०२३ अक्टोबरमा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही सुरु भएयता अल जजिरामा कार्यरत पत्रकारमध्ये मारिने विसाह १२ औँ पत्रकार हुन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गाजामा इजरायली युद्ध सुरु भएयता कम्तीमा २६२ पत्रकारले ज्यान गुमाइसकेका छन् । सन् २०२५ अक्टोबरमा भएको भनिएको ‘युद्धविराम’ सम्झौतापछि मात्रै इजरायली आक्रमणमा परेर युद्धग्रस्त गाजा क्षेत्रमा ७०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

पछिल्लो समय पत्रकारलाई लक्षित गरी भएका यी आक्रमणको विश्वव्यापी रूपमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  १० : ५२ बजे

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी सावद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।