संगठन निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन « Khabarhub

संगठन निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले आफ्ना सबै कमिटी, विभाग र मोर्चा संगठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा संगठन निर्माण थप व्यवस्थित गर्न कार्ययोजनाका साथै समसामयिक विषयमा छलफल गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यही माघ २१ र २२ गते हुने पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा छलफल केन्द्रित भएको बैठकले उक्त कार्यपत्रलाई परिमार्जन गरी पेस गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा, पार्टीका विभिन्न तहका कमिटीले संगठन निर्माणमा गरेका निर्णय अनुमोदन गर्ने छ । संगठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधि प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ ।

पार्टीले यसअघि नै सबै जनवर्गीय, पेसागत र सामुदायिक संगठनका कमिटीलाई तत्काल सम्मेलन-अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने र आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक संगठनका जिल्ला सम्मेलन तथा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ६ : ४५ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै