संगठन निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन « Khabarhub

संगठन निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले आफ्ना सबै कमिटी, विभाग र मोर्चा संगठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा संगठन निर्माण थप व्यवस्थित गर्न कार्ययोजनाका साथै समसामयिक विषयमा छलफल गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यही माघ २१ र २२ गते हुने पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा छलफल केन्द्रित भएको बैठकले उक्त कार्यपत्रलाई परिमार्जन गरी पेस गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा, पार्टीका विभिन्न तहका कमिटीले संगठन निर्माणमा गरेका निर्णय अनुमोदन गर्ने छ । संगठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधि प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ ।

पार्टीले यसअघि नै सबै जनवर्गीय, पेसागत र सामुदायिक संगठनका कमिटीलाई तत्काल सम्मेलन-अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने र आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक संगठनका जिल्ला सम्मेलन तथा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ६ : ४५ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ