व्यवसायीले स्वस्थ ढंगले व्यापार अगाडि बढाउनुपर्छ : ओली « Khabarhub

व्यवसायीले स्वस्थ ढंगले व्यापार अगाडि बढाउनुपर्छ : ओली


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी एवं व्यवसायीले स्वस्थ ढंगले व्यापार अगाडि बढाउनुपर्ने बताएका छन्। सिएनआइ कोसी एक्स्पो-२०७९ को आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले अनेक हिसाबले विराटनगर पहिलो स्थान हुनुपर्नेमा हुन नसक्नुको कारण खोज्नुपर्ने भन्दै सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमले उद्योगी र व्यापारीको समस्या समाधान हुने बताए ।

प्रतिकूल समयमा निरास भएर आत्महत्या गर्नु राम्रो होइन भन्दै अध्यक्ष ओलीले समस्यासँग लड्न सक्नुपर्ने र समस्याको समाधान खोज्नुपर्ने बताए । विराटनगरबाटै उद्योग, उद्योगी र व्यापार एवं व्यवसाय सुरु भएको भन्दै अध्यक्ष ओलीले उद्योगको विकास गर्न सरकारले सहयोग गर्ने आश्वासन दिए।

उनले भने, ‘कुराले चिउरा नभिज्ने, सरकारले उद्योगी र व्यापारीको समस्या समाधान गर्न ठोस कदम चाल्नु पर्छ ।’ गएको एक महिनादेखि देशको अर्थतन्त्रमा सुधार आएको भन्दै अध्यक्ष ओलीले आम्दानी कम र खर्च बढी हुने कारणले बजेट घाटा रहेको स्मरण गराए । 

उनले नेपालको सबैभन्दा होचो भू-भाग केचनाकवलबाट सबैभन्दा अग्लो सगरमाथाबीचको विविधतालाई पहिचान गरी औषधि उत्पादन हुने उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गरे । अध्यक्ष ओलीले उद्योग र उद्योगीको समस्या समाधान गर्न आफूले पहल गर्ने भन्दै त्यसका लागि समस्यालाई बुँदागतरूपमा ल्याउन आग्रह गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संघीय सरकार उद्योग प्रवर्द्धन र सहजीकरण गर्न तयार रहेको बताए। उनले उद्योग र उद्योगीका निम्ति सरकारले ल्याएको नीतिबाट निर्यात बढ्ने र अर्थतन्त्रमा सुधार आउने विचार राखे । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भर्खर पाँच वर्ष भएको प्रदेश संरचना खारेज गर्नुपर्ने माग उठ्नु हतारमा बोलिएको हो भन्दै प्रदेश सरकारको काम हेरेर समीक्षा गर्नुपर्ने कुरामा जोड दिए। 

उनले प्रदेश सरकारले खर्च घटाउन मन्त्रालयको सङ्ख्या घटाएको जानकारी दिँदै सरकार प्रदेशको नाम सकेसम्म सहमतिबाट नभए प्रक्रिया र विधिबाट निष्कर्षमा पुर्‍याउने भने । 

उद्योगी र बैंकबीचको ब्याजका समस्या क्रमशः समाधान हुँदै जाने भन्दै उनले सरकार उद्योग र उद्योगीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले औद्योगिक मेलाले उपभोक्ता र उत्पादकबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्ने बताए।

विराटनगर महानगरपालिकाको शंकरपुरमा लागेको सो मेला माघ २८ गतेसम्म चल्नेछ । मेलामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरी चार सय स्टल रहेका छन् । मेलामा वस्तु तथा सेवा बिक्री हुनुका साथै सन्ध्याकालीन सांगीतिक कार्यक्रमको पनि व्यवस्था भएको छ ।

 

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ७ : २२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।