पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन खेतीमा व्यस्त | Khabarhub Khabarhub

पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन खेतीमा व्यस्त


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

अन्नपूर्ण– पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन फ्रुटको खेतीमा व्यस्त छन् । पढाउने कामबाट फुर्सद हुनेबित्तिकै उनी पोखरा महानगरपालिका-३३ बागमारामा रहेको फार्ममा पुग्छन् । त्यहाँ गौतमले पाँच रोपनी जग्गा भाडामा लिएर यसको खेती गरेका छन् ।

उनले बागमारामा मातृभूमि कृषि फार्म दर्ता गरेर व्यवसाय सुरु गरेका हुन् । फार्ममा यतिबेला पाँच सयभन्दा बढी ड्रागन फलको बिरुवा हुर्किरहेका छन् । अधिकांश बिरुवाले यो वर्षदेखि नै उत्पादन दिएको उनले बताए।

कोरोनापछिको लकडाउनले यो खेतीप्रति रुचि बढेको उनी सुनाउँछन् । शिक्षण पेसामा आबद्ध उनी लकडाउनमा धेरै मात्रामा अनलाइनतिरै व्यस्त हुन थाले । त्यही क्रममा ड्रागनका बारेमा सामाजिक सञ्जालमा भिडियो देखे । युट्युबमै भएको नम्बरमा फोन गर्दा पोखरामा पनि हुने सुझावपछि हौसिएर बागमारातिर जग्गा खोज्न हिँडेको उनले बताए ।

त्यही समयमा जग्गा भाडामा लिएर बिरुवा लगाए । अहिले उनलाई सोचेजस्तै भएको छ । ‘फुर्सदको समयमा युट्युब हेर्दै जाँदा दाङको लोकेन्द्र विष्टको मन पर्‍यो’, उनले भने, ‘अनि उहाँसँग सल्लाह भयो । चैतमा उनलाई भेट्नै गएँ अनि विष्टले भनेझै बिरुवा लगाएँ अनि राम्रो नि हुँदै गएको छ ।’ 

उनले आफ्नो फार्म जग्गामा रातो र सेता प्रकारको फ्रुट लगाएका छन् । जसमा ८० वटा सेतो र बाँकी रातो छन् । ‘एउटा पोलमा दुईवटा बिरुवा लगाउन मिल्छ’, उनले भने , ‘४० वटामा सेतो बिरुवा छ अरुमा रातो छ ।’नेपाली बजारमा नयाँ फल भए पनि बजारको समस्या नरहेको गौतम बताउँछन् । उनले पहिलो सिजनमा एक सय ५० किलोग्राम उत्पादन गरेको बताए ।

उनका अनुसार यो फ्रुट बजारमा प्रतिकिलो  छ सयदेखि बाह्र सयसम्म बिक्री हुन्छ । ‘पोखरा पर्यटकीय राजधानी पनि हो त्यसैले यसको व्यापार व्यवसायमा कुनै समस्या नपर्नेमा म ढुक्क छु’, उनले भने, ‘मैले पहिलो सिजनमा एक सय ५० किलो जति उत्पादन गरेँ अनि ६० हजारको बिक्री गरेँ ।’ बाँकी केही आफन्तलाई चखाएको र केही चोरी भएको उनले सुनाए ।

बहुउपयोगी फलका रूपमा चिनिएको यो फूल फुलेको तीन दिनमा झर्ने र करिब ४० दिनमा फल पाकेर खानयोग्य हुन्छ । बिरुवा रोपेको तीन वर्षदेखि फल दिन थाल्छ । एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ ।

पहिलो सिजनमा राम्रो उत्पादन भएकाले अझै केही बिरुवा थप्ने उनको योजना छ । बिदाको समयमा आफैँ फार्ममा पुगेर काम गरे पनि अन्य समयमा काम गर्न उनले दुई कामदार राखे । पोखरामा सफल परीक्षण भइसकेका कारण अरुलाई घरको छतसँगै व्यावसायिकरूपमै खेती गर्न उनको सुझाव छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ७ : ३६ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न