प्रचण्ड–ओलीले समय मागेपछि लचक बन्यो रास्वपा « Khabarhub

प्रचण्ड–ओलीले समय मागेपछि लचक बन्यो रास्वपा


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकार नछोड्ने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएका छन् ।

बैठकअघि रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका थिए । दुवै नेताले फोनमा सरकार छाड्ने निर्णय हतारमा नलिन आग्रह गरेका थिए । उनीहरुले दुई दिन समय मागे प्रवक्ता डा. मुकुल ढकालले बताए । त्यसै अनुसार वैठकले निर्णय लिएको छ ।

यस्तै प्रवक्ता डा. ढकालले गृह मन्त्रालय पार्टीले कुनै हालतमा नछाड्ने बताए । साथै, आफूले पाएको मन्त्रालयमा कसलाई पठाउने भन्ने निर्णय पार्टीमै निहित रहने उनको भनाइ छ । गृहमन्त्रीमा कसलाई पठाउने भन्ने पार्टीले निर्णय लिइनसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १० : ०८ बजे

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौं– राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट

प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं–  प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको

अन्तर्राष्ट्रिय आपतकाल घोषित इबोलाको जोखिम नेपालमा कति ?

काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ

ओलीले नै बैठकमा प्रस्ताव गरे : अब पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरिदिऊँ

काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर