आईसीसी विश्वकप लिग–२ : आजदेखि सन्दीप लामिछाने पनि मैदानमा | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग–२ : आजदेखि सन्दीप लामिछाने पनि मैदानमा


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजदेखि नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने जोडिने भएका छन् ।

नाबालिग बलात्कारको मुद्दामा विदेश जान उनीमाथि लगाइएको रोक सर्वोच्च अदालतले खारेज गरिदिए पछि हिजो मात्रै युएई गएका लामिछानेले आज युएईविरुद्ध नेपालले खेल्ने खेलमा जोडिँदै छन् ।

सर्वोच्च अदालतको आदेशमा ढिला हुँदा विगतका खेलमा बाहिर रहेका लामिछाने आज भने मैदानमा देखिनेछन् । प्रतिश जिसीलाई बाहिर राख्दै स्पिनर ललितनारायण राजवंशी वा सन्दीप लामिछाने मध्ये एकलाई खेलाउने सम्भावना रहेको क्यानले जनाएको छ ।

घरेलु मैदान टियूमा अघिल्लो साता नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो नेपालले युएईमा भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै जीत निकालेको थियो ।

नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । नेपालले गत पुषमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २–१ ले जितेको थियो ।

युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौँ स्थानमा छ भने नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।

यस खेलमा विजेता टोलीले २०२४ मा श्रीलंका हुने विश्वकपमा सहभागी हुन पाउनेछ । त्यसैले यो खेललाई नेपालले महत्त्वका साथ हेरेको छ ।

नेपाली टोली:
रोहित पौडेल कप्तान‌, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ८ : १९ बजे

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका