चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामी निर्वाचित « Khabarhub

चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामी निर्वाचित


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् ।

काठमाडौं बुधबार अबेर सम्पन्न २३औं साधारण सभाबाट बलामी ८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन घिमिरेले ६६ मत ल्याएका छन् । निर्वाचनमा कुल एक सय ५२ मत खसेको थियो ।

उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी ८३ मतसहित विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४५ मतमा सीमित भए । संगठनतर्फको उपाध्यक्षमा विजय आवाज, महिलातर्फ सुरक्षा भट्टराई विजयी भए भने महासचिवमा रघुनाथ सापकोटाले ७७ मत ल्याउँदा  प्रदीप कार्कीले ७४ मतमा सीमित भए ।

सचिव खुलामा नवीन गिरी, सचिव समावेशीमा उद्धव रसाइली निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मनिष कार्की र सह कोषाध्यक्षमा मनिष दाहाल आएका छन् । यसैगरी समावेशी सदस्यमा मोहम्मद जलिम र महिला सदस्यमा सुष्मा कार्की चयन हुँदा सदस्यमा कृष्ण पाण्डे, अनुप भट्टराई, निशा बजगाई, अर्जुन गुरागाईँ, सिपी जैसी र सुरेन्द्र थापा आएका छन्।

अध्यक्ष र महासचिवलगायत अधिकांश पदमा नेकपा एमालेनिकट प्रेस चौतारी आबद्ध पत्रकार विजयी भएको माधव तिवारीले जानकारी दिए।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ८ : २६ बजे

मकवानपुरबाट पेस्तोल र म्यागजिनसहित १९ वर्षीय युवा पक्राउ

हेटौँडा – मकवानपुरको बागमती गाउँपालिका–०९ बेतिनी अगौटेबाट प्रहरीले एक थान

साउनको अन्तिम सोमबार : पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ– कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरू

दाङ– दाङको बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आएकी

चितवनको खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–०१ स्थित शाहीचोकमा बसको