पाथीभरा पदमार्गमा एक सय ५९ थान डस्टबिन राखिए « Khabarhub

पाथीभरा पदमार्गमा एक सय ५९ थान डस्टबिन राखिए


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइमा सहयोग गर्दै आएका सामाजिक अभियन्ताले पाथीभरा पदमार्गमा एक सय ५९ थान डस्टबिन राखेका छन् । हाम्रो अभियान नेपालसहितका छ ओटा सङ्घसंस्थामा आवद्ध सामाजिक अभियन्ताले बुधबार पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत काफ्ले पार्टीदेखि मन्दिरसम्म फोहर संकलनका लागि डस्टबिन राखेका हुन् ।

मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति हुने र प्लाष्टिकजन्य वस्तुसहितको फोहर बढ्ने भएकाले पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको मेची महाकाली सरसफाइ अभियान नेपालका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए । उनका अनुसार डस्टबिन राख्ने कार्यमा मनका कुरा, नेप्लिज टिन्स, विराट पोखरी सरोवरलगायतका संस्था संलग्न छन् । 

‘विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइका साथै आर्थिक अवस्था कमजोर भएका र असहाय नागरिकको उद्धार गर्दै आएका छौँ’, उनले भने । पाथीभरा क्षेत्रमा यसअघि पनि सरसफाइको काम गरेको उनको भनाइ छ । डस्टबिन व्यवस्थापनमा फुङ्लिङ नगरपालिका, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले सहयोग गरेको थियो ।

 मन्दिर जाने मार्गमा प्लाष्टिकका वस्तु, पेय पदार्थका खोल तथा मोजा यत्रतत्र देखिन थालेकाले सरसफाइ गरिएको  अभियन्ता प्रकाश दाहालले बताए । उनका अनुसार विभिन्न पेसा व्यवसायी र वैदेशिक रोजगारमा गएका युवाको सहयोगमा डस्टबिन खरिद गर्ने गरिएको छ ।

तीर्थयात्रीले डस्टबिनमा फोहर फाल्नुको सट्टा जथाभावी फाल्ने गरेकाले फोहर बढ्दै गएको स्थानीयले गुनासो गरेका  छन् । पाथीभरा मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा तीर्थयात्री आउने जाने गर्दछन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  १ : ०७ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा