नेपालद्वारा यूएईलाई १९२ रनको लक्ष्य | Khabarhub Khabarhub

नेपालद्वारा यूएईलाई १९२ रनको लक्ष्य


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालले आईसीसी यू-१९ एसिया विश्वकप छनोटको निर्णायक खेलमा यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।

खराब सुरुवात गरेको नेपालका लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे । देवसँगै उत्तम थापा मगर र विशाल विक्रम केसीले नेपालको इनिङ्स सम्हालेका थिए । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि देव र उत्तमले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे । ओपनर दीपक बोहरा पहिलो ओभरमै खाता नखोली आउट भए । अर्का ओपनर अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रन बनाएर आउट भए ।

नेपालका लागि कप्तान देवले सर्वाधिक ५१ रन बनाउने क्रममा ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । विशालले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए । उत्तमले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन बनाएका थिए ।

नेपाल र यूएईले यसअघिका सबै चार खेल जितिसकेको छ । 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  २ : ०८ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड