नेपालद्वारा यूएईलाई १९२ रनको लक्ष्य « Khabarhub

नेपालद्वारा यूएईलाई १९२ रनको लक्ष्य


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालले आईसीसी यू-१९ एसिया विश्वकप छनोटको निर्णायक खेलमा यूएईलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।

खराब सुरुवात गरेको नेपालका लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे । देवसँगै उत्तम थापा मगर र विशाल विक्रम केसीले नेपालको इनिङ्स सम्हालेका थिए । १९ रनमै सुरुवाती ३ विकेट गुमाएपछि देव र उत्तमले चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे । ओपनर दीपक बोहरा पहिलो ओभरमै खाता नखोली आउट भए । अर्का ओपनर अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रन बनाएर आउट भए ।

नेपालका लागि कप्तान देवले सर्वाधिक ५१ रन बनाउने क्रममा ८४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । विशालले ५० बल खेल्दै ५ चौका मद्दतमा ३८ रन बनाए । उत्तमले ४८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३६ रन बनाएका थिए ।

नेपाल र यूएईले यसअघिका सबै चार खेल जितिसकेको छ । 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  २ : ०८ बजे

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो