तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छत्रेश्वरीलाई « Khabarhub

तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छत्रेश्वरीलाई


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– तेह्रौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि  सल्यानको छत्रेश्वरी गाउँपालिकाले उचालेको छ । प्रतियोगितामा १० स्वर्ण, १५ रजत २ काँस्य पदक गरी २७ पदक  हात पार्दै छत्रेश्वरी गाउँपालिकाले शिल्ड उचालेको हो । 

त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ काँस्य गरेर जम्मा १५ पदक जित्दै बागचौर नगरपालिका दोस्रो भएको छ भने ७ स्वर्ण, ६ रजत र ६ काँस्य पदक सहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ। ६ स्वर्ण, ४ रजत १० काँस्य सहित जम्मा २० वटा पदक जितेर शारदा नगरपालिका सान्त्वना भएको छ ।

यस्तै बनगाड कुपिण्डे नगरपालिकाले १ रजत र १ काँस्य, कपुरकोट गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र १० काँस्य, त्रिवेणी गाउँपालिकाले ४ काँस्य, सिद्ध कुमाख गाउँपालिकाले ५ स्वर्ण, २ रजत र २ काँस्य, दार्मा गाउँपालिकाले ५ स्वर्ण, ७ रजत र ६ काँस्य र कालिमाटी गाउँपालिकाले १ रजत र १ काँस्य हात पार्न सफल भएका छन् ।

फागुन १५ देखि १८ गतेसम्म सल्यानको बागचौर नगरपालिका २ थारमारेमा सञ्चालित प्रतियोगितामा छात्र र छात्रातर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्शलआर्टका खेलमा जिल्लाका १० वटा पालिकाका खेलाडी सहभागी थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ७ : ४८ बजे

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)

 प्रतिनिधिसभा : विद्युतीय चुलो प्रवर्द्धनमा जोड

काठमाडौं– आजको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड

अर्धमासिक तलब भुक्तानी गर्न परिपत्र

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयले राष्ट्रसेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रुपमा