बाँकी मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै  « Khabarhub

बाँकी मन्त्री छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै 


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।

मन्त्रीपरिषद्को पूर्णता, उपनिर्वाचनलगायत समसमायीक विषयमा छलफल गर्नका लागि बैठक बस्न लागेको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९ गते आइतबार बिहान १०:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेका छन्, ‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

यसअघि बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्ने र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो । तर शेखर कोइराला समूहले सम्मानजनक हैसियतमा तीन मन्त्री नदिए सरकारमा सहभागी नहुने बताएपछि प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाउन सकेको छैन । आजको बैठकमा कांग्रेसबाट थप चार मन्त्रीको नाम टुंगो लगाउने तयारी छ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : ०४ बजे

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा