घरेलु मैदानमा लिभरपुलमाथि म्यान्चेस्टरको फराकिलो जीत « Khabarhub

घरेलु मैदानमा लिभरपुलमाथि म्यान्चेस्टरको फराकिलो जीत


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध सानदार जित हासिल गरेको छ ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा सिटीले लिभरपुलबिरुद्ध सिटीले ४–१ को फराकिलो जीत निकालेको हो ।

घरेलु मैदानमा सिटीबिरुद्ध लिभरपुलका लागि खेलको १७ औँ मिनेटमा मोहम्मद सालाको गोलले अग्रता लिएका थिए तर सिटीले त्यसको १० मिनेट नबित्दै खेललाई बराबरीमा ल्यायो। जुन बराबरीका लागि सिटीका जुलियन अल्भारेजले २७औं मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफ बराबरीमा सकिएको भए पनि दोस्रो हाफको सुरुवातीमा ४६ औँ मिनेटमा केभिन डे ब्रुएनेले गोल गरेपछि सिटीले अग्रता बनाउन सुरु गर्‍यो। त्यसपछि खेलको ५३ औँ मिनेटमा इल्के गुन्डोगानले सिटीका लागि थप गोल गरेपछि खेल ३–१ ले अघि बढ्यो र, अग्रतालाई कायम राख्दै अघि बढेको सिटीका लागि ७४ औँ मिनेटमा ज्याक ग्रेलिसले गोल गरेका थिए।

यो जितसँगै सिटीले २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा यथावत छ। तर उसले यो जीतवाट ६९ अंकसहितको शिर्ष स्थानमा रहेको आर्सनलमाथि भने दबाब थपेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : १४ बजे

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा