६ किलोमिटर सडक कालोपत्रे « Khabarhub

६ किलोमिटर सडक कालोपत्रे


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – दाङ तुलसीपुर उपमहानगरपालिका– १२ को पुकार पसलबाट सिद्धार्थ चोकसम्म सडक कालोपत्रेको काम सकिएको छ । त्यहाँ चार सय ९० मिटर सडक कालोपत्र भएको हो । त्यस्तै सोही वडाको अशोकचोकबाट सिदार्थचोकसम्मको चार सय ८० मिटर सडक पनि कालोपत्र भएको छ भने कपडादेवीबाट चौधरीगाउँसम्मको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ ।

यस्तै तुलसीपुर–६ प्रगतिनगर टोलको तीन सय ६० मिटर सडक कालोपत्र भएको छ भने तुलसीपुर–५ को भुह्यार थानबाट पूर्वतर्फ गएको सडक एक सय ९० मिटर सडक कालोपत्र भएको छ । त्यस्तै तुलसीपुर–८ अस्वाराबाट हरियाली उद्यान जाने एक सय ५० मिटर सडक कालोपत्र भएको छ ।

गाउँ–गाउँमा यस्तै थुप्रै सडक कालोपत्र भएका छन् । चालु वर्षमा ४५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यअनुसार रु पाँच करोड बजेट छुट्याएको तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवनकुमार योगीले बताए । विकास प्राधिकरणमार्फत ती सडक कालोपत्र गरिएको हो । “सबै वडामा कालोपत्र सडक पुर्‍याउनका लागि विकास प्राधिकरणमार्फत काम भइरहेको छ”, उनले भने, “सडक कालोपत्रको काम धमाधम भइरहेको छ ।”

चालु वर्षको हालसम्म छ किलोमिटर सडक कालोपत्र भइसकेको छ । विभिन्न २६ सडक कालोपत्रको काम भइरहेको उनले बताए । सडक सञ्जाल नै विकासको एउटा आधार भएकाले यसको विस्तारका लागि उपमहानगरपालिका सक्रिय भएर लागेको उपप्रमुख स्यानी चौधरीले सुनाए । उनका अनुसार सडक गुण्स्तरीयतामा पनि उत्तिकै ध्यान दिइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै