सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजलाई  « Khabarhub

सिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजलाई 


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

बारा- सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ। शनिवार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हासिल गरेको हो ।

बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्रि किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर पारे । जुन गोल नै चर्चलाई सिमरा गोल्डकपमा प्रवेश गरेको पहिलो पटक नै उपाधि जीतका लागि काफी भयो ।

सो खेलको छैटौँ मिनेटमा नै हिमालयन शेर्पा दश खेलाडीमा सीमित हुन परेको थियो । शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर दिनेश उराव रातो कार्ड पाएर बाहिरिएका थिए । खेलको सुरुवाती देखी नै १० खेलाडी सीमित हिमालय शेर्पा उपाधि जित्न नसकेर दोस्रो हुनु परेको छ ।

उपाधिसँगै चर्च ब्वाइजले दश लाख नगद र उपविजेता हिमालयन शेर्पाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। विधागत पुरस्कारतर्फ पनि जितपुरसिमरा गोल्डकपको उपाधि विजेता चर्च व्बाईजकै वर्चस्व रह्यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर कमल श्रेष्ठ, उत्कृष्ट गोलरक्षक चर्चका प्रिसो, डिफेण्डर फ्र्यांकलिन टाला, मिड फिल्डर सुवास गुरुङ र सर्वोत्कृष्ट प्रशिक्षकको उपाधि प्रदीप हुमागाईंले पाउन सफल भए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ५३ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब