हरिगाउँमा ‘एक घर एक धारा’ योजना « Khabarhub

हरिगाउँमा ‘एक घर एक धारा’ योजना


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ – दोर्दी गाउँपालिका वडा नम्बर ६ हरिगाउँमा खानेपानी आयोजना निर्माण हुने भएको छ ।

सो क्षेत्रमा विद्यमान खानेपानी समस्या हल गर्न गोर्खा वेल्यफेयर ट्रष्टको सहयोगमा ‘एक घर, एक धारा’ खानेपानी आयोजना निर्माण गरिने भएको हो ।

आयोजना निर्माणका लागि स्थानीयको उपस्थितिमा गोर्खा वेल्यफेयर ट्रष्ट, स्थानीय तह र उपभोक्ता समितिविच त्रिपक्षीय सम्झौता भएको छ ।

गाउँपालिका अध्यक्ष युवराज अधिकारी र ट्रष्टका पोजेक्ट म्यानेजर वेलवहादुर गुरुङको उपस्थितिमा हरिगाऊँ खानेपानी आयोजना २०८० असार १४ गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको पालिका अध्यक्ष अधिकारीका स्वकीय सचिव हरि घिमिरेले जानकारी दिएका छन् ।

आयोजना निर्माणको कुल लागत ३९ लाख ३१ हजार ८ सय ११ रुपैयाँ ६७ पैसा रहेको छ । जम्मा गोर्खा वेल्फेयर ट्रष्टको ७५.९० प्रतिशत अर्थात् २९ लाख ८४ हजार १ सय ८२ रुपैयाँ ४८ पैसा, उपभोक्ताको २४.१० प्रतिशत अर्थात ९ लाख ४७ हजार ६ सय २९ रुपैयाँ २० पैसा लगानी रहनेछ । आयोजना निर्माणका लागि उपभोक्ता समितिको लागत मध्ये १४ प्रतिशत बजेट गाउँपालिकाले व्यहोर्ने पालिका अध्यक्ष युवराज अधिकारीले बताए । बाँकी १० प्रतिशत भने उपभोक्ताको श्रमदान हुनेछ ।

आयोजना निर्माण प्रक्रिया आगामी बैशाख २ गतेबाट सुरु गरिनेछ । आयोजना अन्तर्गत गाउँका ४३ घरधुरीमा शुद्ध खानेपानीको लागि निर्माण गरिने एक घर एकघाराबाट हाल गाउँमा रहेका २ सय ३४ जनसंख्या लाभान्वित हुनेछन् । हालको मापन अनुसार उक्त गाउँमा प्रतिदिन ३४ हजार ५ सय ६० लिटर पानी आवश्यक पर्ने र सोही आवश्यकतालाई मध्यनजर गरी पानीको श्रोत पहिचान गरी आयोजना निर्माण गरिने गोर्खा वेल्फेयर ट्रष्टका वेलवहादुर गुरुङले बताए।

हरिगाउँका वासिन्दाले हाल पुराना सार्वजनिक धारामार्फत खानेपानीको उपभोग गर्दै आएका छन् । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय अव एक घर एक धारा बन्ने भएपछि आँगनकै धाराबाट नियमित खानेपानीको सुविधा पाउनेमा विश्वस्त छन् ।

गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको लागत साझेदारीमा दोर्दी गाउँपालिकाकै वडा नं. ४ र ८ दुई वटा खानेपानी आयोजना निर्माण सम्पन्न भइसकेको छ भने पालिकाको अन्य वडामा एक घर एक धारा आयोजना निर्माण गरिने ट्रष्टले जनाएको छ ।

नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन लमजुङको दोर्दी सहित देशभर विभिन्न १४ पालिकामा गोर्खा वेल्फेयरले उपभोक्ताको साझेदारी एक घर एक धारा खानेपानी आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : ३५ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित