हेटौँडाबाट काठमाडौं छिर्ने दुई वटा सडक बन्द « Khabarhub

हेटौँडाबाट काठमाडौं छिर्ने दुई वटा सडक बन्द


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

हेटौडा – मकवानपुर सदरमुकाम हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक बन्द गरिएका छन्।

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नति गरिन लागिएको भन्दै केही समयका लागि बन्द गरिएका हुन्।

थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मतकार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक अहिलेका लागि बन्द गरिएको हो।

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक खण्डको स्तरोन्नति भइरहेकाले प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने जनाइएको छ ।

त्यस्तै कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत ज्यामिरे– रामचन्द्र भन्ज्याङको सडक स्तरोन्नतिसहित कालोपत्रे गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको हो ।

हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चल्नेबाहेकका सवारीसाधन बाहेकका अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १२ : ५९ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका