राष्ट्रपति पौडेलको अवस्था सुधारोन्मुख « Khabarhub

राष्ट्रपति पौडेलको अवस्था सुधारोन्मुख


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । उनी शनिबार अस्पतालमा भर्ना भएको थिए ।

अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा असहज भइ अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।”

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज बिहान अस्पताल पुगेका थिए ।

साथै सांसद् सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १ : ३२ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको