कांग्रेसले बारा, चितवन र तनहुँमा अनुशासन उल्लङ्घन गरेका नेतामाथिको कारवाही फुकुवा गर्ने « Khabarhub

कांग्रेसले बारा, चितवन र तनहुँमा अनुशासन उल्लङ्घन गरेका नेतामाथिको कारवाही फुकुवा गर्ने


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले बारा, चितवन र तनहुँमा २०७९ को निर्वाचनअघि स्वतन्त्र उम्मेदवार भई पार्टीको अनुशासन उल्लङ्घन गरेका नेताहरुमाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा सम्पन्न बैठकले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका नेतामाथिको कारवाही फुकुवा गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै, कांग्रेसले बारा–२ मा सत्ता साझेदार दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने पनि निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ । अघिल्लो कार्यसम्पादन समिति बैठकमा पेश भएका कार्यालय सञ्चालनसम्बन्धी निर्देशिका र नियमावलीलाई सुझावसहित पारित गर्ने निर्णय भएको पाण्डेले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  १ : ४६ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा