स्वर्गीय श्रीमतीकाे स्मृतिमा श्रीमान‍्ले गरे दुई लाखको अक्षयकोष स्थापना « Khabarhub

स्वर्गीय श्रीमतीकाे स्मृतिमा श्रीमान‍्ले गरे दुई लाखको अक्षयकोष स्थापना


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समाजसेवा, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याएकी स्वर्गीय सावित्री साहुको स्मृतिमा उनका श्रीमान‍्ले दुई लाखको अक्षयकोष स्थापना गरेका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजको मातहतमा रहने गरी स्वास्थ्यकर्मीसमेत कमल सिंह साहुले दुई लाखको अक्षयकोषका लागि रकम प्रदान गरेका छन् ।

अमेरिकामा रहेका तीर्थराज पाण्डेयले स्वर्गीय पिता लक्ष्मीदत्त पाण्डेयको स्मृतिमा स्वर्गीय सावित्री साहुलाई मरणोपरान्त १ लाख २५ हजार राशिको पुरस्कार प्रदान गरेकोमा उनका श्रीमान् कमलले ७५ हजार थप्दै दुई लाखको अक्षयकोष स्थापना गरेका हुन् ।

साहित्य समाजद्वारा आयोजित विश्व नेपाली नारी साहित्य महोत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले साहुलाई १ लाख २५ हजारको पुरस्कार प्रदान गरेका थिए ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयका अनुसार अब उक्त कोषको व्याजबाट आउने २५ हजार रुपैयाँको पुरस्कार प्रत्येक वर्ष नारी श्रष्टालाई प्रदान गरिने छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : १३ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने