प्रतिनिधिसभा बैठक : मिटरब्याजीकाे रकम राष्ट्रियकरण गर्न सांसदको माग  « Khabarhub

प्रतिनिधिसभा बैठक : मिटरब्याजीकाे रकम राष्ट्रियकरण गर्न सांसदको माग 


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा मिटरब्याजी पीडितलाई न्याय दिन माग गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका दिलेन्द्र बडू र नेपाल मजदुर किसान पार्टी प्रेम सुवालले कानून बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने माग गरेका हुन् ।

न्याय माग्न महोत्तरीको बर्दिवासदेखि हिँडेर गत सोमबार काठमाडौं आएका मिटरब्याजीको समस्या समाधान गर्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि माग गरिएको हो ।

गत बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले मिटरब्याजी पीडितको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका भए पनि आइतबारको शून्य समयमा बडू र सुवालबाहेक अरु सांसदले आफ्नो विषय बनाएनन् ।

बडूले कानून बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने बताउँदा सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्दै पीडितलाई छुटकारा दिनुपर्ने बताए ।

साथै आइतबारकै बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न सरकार तयार रहेको बताए । सांसदहरूले गराएको ध्यानाकर्षणप्रति सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्ने उनले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : २६ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी