प्रतिनिधिसभा बैठक : मिटरब्याजीकाे रकम राष्ट्रियकरण गर्न सांसदको माग  | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : मिटरब्याजीकाे रकम राष्ट्रियकरण गर्न सांसदको माग 


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा मिटरब्याजी पीडितलाई न्याय दिन माग गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका दिलेन्द्र बडू र नेपाल मजदुर किसान पार्टी प्रेम सुवालले कानून बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने माग गरेका हुन् ।

न्याय माग्न महोत्तरीको बर्दिवासदेखि हिँडेर गत सोमबार काठमाडौं आएका मिटरब्याजीको समस्या समाधान गर्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि माग गरिएको हो ।

गत बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरूले मिटरब्याजी पीडितको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका भए पनि आइतबारको शून्य समयमा बडू र सुवालबाहेक अरु सांसदले आफ्नो विषय बनाएनन् ।

बडूले कानून बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने बताउँदा सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्दै पीडितलाई छुटकारा दिनुपर्ने बताए ।

साथै आइतबारकै बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न सरकार तयार रहेको बताए । सांसदहरूले गराएको ध्यानाकर्षणप्रति सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्ने उनले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : २६ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख

आज २०८२ साल वैशाख २८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ

सिरहा – सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु

युद्धविरामपछि पाकिस्तानी प्रधानमन्त्रीले भने : क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा छौं

नयाँ दिल्ली – पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारत र पाकिस्तानबीच

पाकिस्तानले युद्धविराम तोडेको भारतको आरोप

काठमाडौं – युद्धविरामको सहमतिपछि पनि पाकिस्तानले आक्रमण जारी राखेको भारतले