काेशी नामाकरणविरुद्ध जारी पहिचानवादी आन्दाेलनलाई जसपाकाे समर्थन « Khabarhub

काेशी नामाकरणविरुद्ध जारी पहिचानवादी आन्दाेलनलाई जसपाकाे समर्थन


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग राख्दै जारी आन्दोलन चर्किँदै गएसँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशको नाम परिवर्तन हुनुपर्ने जनाएको छ ।

अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलरमा तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ नामाकरणलाई समर्थन गरिने उल्लेख छ ।

प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने आन्दोलनको मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग माग गरिएको पनि सो परिपत्रमा उल्लेख गरिएको छ ।

प्रदेशको नाम कोशी राखिएपछि पछिल्ला केही दिनयता विराटनगरलगायत क्षेत्रमा नियमित प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : ३९ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको