निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा. महत « Khabarhub

निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा. महत


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताएका छन् । उनले त्यसका लागि निजी क्षेत्रको सुझाव र सहकार्य आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूले निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताए । “तपाईंहरुको मनोबल घट्न दिन्न, तपाईंहरुसँग निरन्तर संवादमा रहन्छु”, उनले भने, “मैले अर्थतन्त्र सुुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपाईंबाट पूर्ण सहयोगको अपेक्षा गरेको छु ।”

सो अवसरमा महासङ्घका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिनुका साथै अर्थतन्त्रको पछिल्लो अवस्थाबारेमा ब्रिफिङ पनि गरेका थिए ।

भेटमा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरी ब्याजदर घटाउनु सुझाव दिए । यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उनको भनाइ छ । सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन महासङ्घले आग्रह गरेको छ ।

सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाको सुझाव छ । अहिले करिब २५ प्रतिशत मात्र रहेको पुँजीगत खर्चलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए । “राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था छ । यसका लागि बाहिरी ऋण उठाएर भए पनि खर्च गर्नुपर्छ”, अध्यक्ष गोल्छाले भने ।

यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । निजी क्षेत्रको मनोबल उकास्ने खालका सन्देश प्रवाह गर्न तथा राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न उनले अर्थमन्त्रीलाई सुझाव दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : ४६ बजे

श्रीमतीको खुट्टा काटेर श्रीमान् फरार, उपचार खर्च व्यहोर्ने सांसद कानुको घोषणा

वीरगञ्ज– यहाँको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत्र १२ गते हुने

काठमाडौंमा २७ औँ ‘फ्लोरा एक्स्पो’ सुरु

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे